إعدادات العرض
मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ।
मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक दिन जब सूर्य उदाउँछ, मानिसको हरेक जोर्नी माथि सदका (दान) को हक हुन्छ। दुई व्यक्तिबीच न्याय गर्नु सदका हो, कुनै व्यक्तिलाई उसको सवारीमा सवार हुन वा उसको सामान त्यसमा राखिदिएर सहयोग गर्नु सदका हो, राम्रो वचन बोल्नु सदका हो, नमाजका लागि चालिने हरेक कदम सदका हो रबाटोबाट हानिकारक वस्तु हटाउनु पनि सदका हो।"
الترجمة
العربية Español አማርኛ English اردو Indonesia বাংলা Français Türkçe Русский Bosanski සිංහල हिन्दी 中文 فارسی Tiếng Việt Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் ไทย Deutsch پښتو অসমীয়া Shqip Nederlands ગુજરાતી Кыргызча Lietuvių دری Српски тоҷикӣ Kinyarwanda Română Magyar Čeština Moore Malagasy Oromoo ಕನ್ನಡ Wolof Azərbaycan O‘zbek Українська ქართული Македонски ភាសាខ្មែរ ਪੰਜਾਬੀ मराठी Kirundi Kurmancî Bahasa Melayuالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्याणका लागि धन्यवाद दिनुपर्छ । उहाँले मानिसको हड्डीमा जोर्नीहरू बनाउनुभएको छ, जसले गर्दा ऊ त्यसलाई संकुचित गर्न र फैलाउन सक्षम छ । सबै असल कर्महरू सद्का (दान) हुन्, त्यो पैसामा मात्र निर्भर छैन, जस्तैः दुई झगडा गर्नेहरू बीच न्याय र मेलमिलाप गर्नु सदका हो । आफ्नो जनावर (सवारी) माथि बस्न नसक्नेलाई सवारीमाथि चढाउन मद्दत गर्नु वा सामान लाद्न सहयोग गर्नु सदका हो । जिक्र, दुआ र सलाम जस्ता राम्रा कुरा सदका हो । नमाज पढ्न तपाईंले चाल्नु भएको प्रत्येक पाइला सदका हो । बाटोघाटोबाट हानिकारक चीजहरू हटाउनु सदका हो ।فوائد الحديث
मानव हड्डीहरूको संरचना र अखण्डता अल्लाहको सबैभन्दा ठूलो वरदान हो, त्यसैले प्रत्येक हड्डीप्रति दान दिन आवश्यक छ, ताकि उहाँको आशीर्वादको हक अदा गर्न सकियोस् ।
यी आशिषहरूको निरन्तरताका लागि हरेक दिन कृतज्ञता नवीकरण गर्न प्रोत्साहन ।
हरेक दिन नफल (अतिरिक्त नमाज) पढ्न र स्वैच्छिक दान दिन प्रोत्साहन ।
मानिसहरू माझ न्याय र मेलमिलाप गर्नुको सद्गुण ।
एक व्यक्तिलाई आफ्नो भाइलाई मद्दत गर्न आग्रह; किनभने उसलाई सहयोग गर्नु सद्का हो ।
मस्जिदहरूमा जमातका साथ नमाज पढ्न पाइला चाल्न प्रोत्साहित ।
मुस्लिमहरूको बाटोलाई सम्मान गर्न आवश्यक छ, त्यसैले उनीहरूलाई हानि पुऱ्याउने कुनै पनि कुरा बाटोमा फाल्नु हुँदैन ।
