अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ

अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ

इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सर्वोच्च र महान पालनकर्ताबाट यो कुरा बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो: "अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ। त्यसकारण, जुन व्यक्तिले कुनै सत्कर्म गर्ने निर्णय गर्‍यो तर गरेन भने, अल्लाहले उसको नाममा एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो सत्कर्म गर्ने निर्णय गरी कार्यान्वयन गर्‍यो भने, अल्लाहले उसको लागि दश गुणादेखि सात सय गुणासम्म र त्यसभन्दा पनि अधिक गुणा पुण्य लेखिदिनुहुन्छ। यदि कसैले कुनै पाप गर्ने विचार गर्‍यो तर गरेन भने, अल्लाहले उसको लागि एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो पापको विचार गरी त्यसलाई कार्यान्वयन गर्‍यो भने, अल्लाहले उसको लागि एउटा मात्र पाप लेखिदिनुहुन्छ।"

[सही] [رواه البخاري ومسلم في صحيحيهما بهذه الحروف]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, अल्लाहले पुण्य कर्महरू र दुष्ट कर्महरू निर्धारण गर्नुभएको छ र त्यसपछि ती कसरी लेख्ने भनेर दुवै फरिशता (स्वर्गदूत) हरूलाई निर्देशन दिनुभएको छ : जसले पुण्य कर्म गर्ने मनसाय र संकल्प गर्यो, तर गर्न सकेन भने पनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । यदि उसले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी हृदयमा रहेको इमान्दारिता र यस कार्यबाट अरूलाई हुने लाभको आधारमा नेकी (पुण्य) लेखिन्छ । जसले दुष्ट कर्म गर्ने दृढतापूर्वक मनसाय राख्यो तर अल्लाहको लागि छोड्यो, उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । तर यदि उसले इच्छाएको गलत कार्य गर्ने चासो नभएर वा त्यसो गर्ने स्रोतसाधनलाई पनि बेवास्ता गर्यो भने केही लेखिने छैन । तर पापको कार्य गर्ने सामर्थ्य नभई दुष्कर्म छोड्छ भने उसको मनसाय विरुद्ध लेखिन्छ र यदि उसले गर्छ भने, उसको खातामा एक पाप लेखिन्छ ।

فوائد الحديث

यस उम्मत (समुदाय) प्रति अल्लाहको ठूलो आशीर्वाद, उहाँले पुण्य कर्मको प्रचुर मात्रामा बढाएर इनाम दिनुहुन्छ र यसलाई आफ्नो अभिलेखमा रेकर्ड गर्नुहुन्छ । तर नराम्रो कर्मको बदला बढाएर लेख्नुहुन्न ।

कर्महरूमा नियतको महत्त्व र त्यसको प्रभाव ।

यो अल्लाहको कृपा र अनुग्रह हो, जसले राम्रो कर्म गर्ने संकल्प गर्यो, तर गर्न सकेन तैपनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ ।