ताैहीद अस्मा व सिफात

ताैहीद अस्मा व सिफात

2- साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।

17- अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन।