إعدادات العرض
जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन…
जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन?
कतादह (रहेमहुल्लाह) ले वर्णन गरेका छन्: अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले हामीलाई बताउनुभयो कि एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! कसरी काफिर (अविश्वासी) लाई न्यायको दिन अनुहार द्वारा घस्रन लाएर जम्मा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन? " कतादाहले भने: हाम्रो परमेश्वरको महानताको कसम ! अवश्य नै (उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ)।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Kurdî Wolof Moore Soomaali Français Українська Tagalog Azərbaycan தமிழ் Deutsch Bambara ქართული Português Македонски Magyar Русский 中文 فارسی ភាសាខ្មែរ Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀ Türkçe Lingala Italiano አማርኛالشرح
कयामतको दिन काफिरहरूलाई उनीहरूको अनुहार द्वारा कसरी हिँडाइनेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: जसले मानिसलाई यस संसारमा दुई खुट्टा द्वारा हिंड्न सक्ने बनायो, के उहाँ पुनरुत्थानको दिन उसलाई अनुहार द्वारा हिड्न सक्ने बनाउन सक्षम हुनुहुन्न?" निस्सन्देह, अल्लाह सर्वशक्तिमान सबै कुरामा सक्षम हुनुहुन्छ ।فوائد الحديث
न्यायको दिन काफिरको अपमान गरिनेछ र ऊ आफ्नो अनुहार द्वारा हिँड्नेछ ।