إعدادات العرض
दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया…
दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।
अब्दुल्लाह बिन अम्र बिन आस् (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
[सही] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල தமிழ் دری Кыргызча Lietuvių Kinyarwanda or ಕನ್ನಡ Română Soomaali Српски Wolof Українська Moore Azərbaycan ქართული Magyar Македонски bm አማርኛ Malagasy Oromoo ភាសាខ្មែរالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नु भएको छ, जो अरूमाथि दया गर्छन्, परम दयालु अल्लाहले उनीहरूमाथि दया गर्नुहुन्छ, जसको कृपाले सबै चीजहरूलाई समेटेको छ; वास्तवमा यो पूर्ण बदला हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस पृथ्वीमा बस्ने सबै चीजहरू जस्तै मानव, जनावर र पंक्षिहरूमाथि दया गर्न आदेश दिनुभयो । यसको बदलामा अल्लाहले तपाईहरूमाथि आकाशबाट दया गर्नुहुनेछ ।فوائد الحديث
इस्लाम दयाको धर्म हो । जुन पूर्णतया अल्लाहको आज्ञाकारिता र सृष्टिप्रति दया र राम्रो व्यवहारमा आधारित छ ।
दया, अल्लाहको महत्वपूर्ण विशेषता हो । उहाँ परम दयालु र अत्यन्त कृपालु हुनुहुन्छ । उहाँ आफ्ना सेवकहरूसँग दयालु व्यवहार गर्नुहुन्छ ।
मानिसलाई उसको कर्म अनुसारको इनाम दिइन्छ । त्यसैले दया देखाउनेहरूलाई परमदयालु अल्लाहले दया गर्नुहुन्छ ।