إعدادات العرض
राम्रो आचरण
राम्रो आचरण
1- यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
2- अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
6- कुनै पनि असल कामलाई कहिले पनि तुच्छ नठान्नुहोस्, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु हो ।
7- बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिसको बेला आफुलाई नियन्त्रण गर्छ ।
8- जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ
9- जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्
10- जसले मानिसहरूलाई दया गर्दैन, अल्लाहले उसलाई दया गर्नुहुन्न ।
12- हया (लाज) ईमानको एक भाग हो
13- जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।
14- निस्सन्देह, अल्लाहले धर्मी, धनी र गोप्य (दिखावाबाट टाढा रहने) सेवकलाई माया गर्नुहुन्छ ।
16- दयाले कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
17- मुमिनले आफ्नो असल नैतिकताको कारण उपवास बस्ने र तहज्जुदको सलाह पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।
18- तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
19- सहज बनाउनुहोस् र कठिनाइ नदिनुहोस्, शुभ समाचार दिनुहोस् र घृणा उत्पन्न नगर्नुहोस् ।