मुमिनले आफ्नो असल नैतिकताको कारण उपवास बस्ने र तहज्जुदको सलाह पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।

मुमिनले आफ्नो असल नैतिकताको कारण उपवास बस्ने र तहज्जुदको सलाह पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "मुमिनले आफ्नो असल नैतिकताको कारण उपवास बस्ने र तहज्जुदको सलाह पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"

[सही] [अबू दाऊदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, असल आचरणले व्यक्तिलाई निरन्तर रोजा राख्ने र तहज्जुद पढ्ने व्यक्तिको स्थानमा पुर्‍याउँछ । असल आचरण भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु र अरुले चोट पुर्‍यायो भने धैर्य गर्नु नै असल आचरण हो ।

فوائد الحديث

इस्लामले मानव आचरणलाई शुद्ध र पूर्ण बनाउनमा धेरै ध्यान दिएको छ ।

असल आचरणको महत्व यति धेरै छ, यसबाट मानिसले निरन्तर व्रत बस्ने र थकित नभई तहज्जुद पढ्ने व्यक्तिको दर्जा प्राप्त गर्छ ।

दिनमा व्रत बस्नु र राति तहज्जुद पढ्नु दुवै महान् कर्म हुन्, जसका लागि आत्माले ठूलो कष्ट सहनुपर्ने हुन्छ । तर असल आचरण भएको व्यक्ति यी दुई कार्य गर्ने व्यक्तिको बराबर हुन्छ, किनकि राम्रोको लागि व्यक्तिले आफैंसँग लड्नु पर्छ ।

التصنيفات

राम्रो आचरण