إعدادات العرض
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ…
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
[हसन सही] [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Oromoo Wolof Soomaali Български Українська Azərbaycan ქართული тоҷикӣ Македонски bm Malagasy yaoالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् भनी बताउनुभएको छ । यी दुई निम्न हुन्: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार। ‘तकवा’ शब्दको अर्थ भनेको व्यक्तिले आफ्नो र अल्लाहको अजाब (दण्ड) को बीचमा अवरोध खडा गर्नु हो । यो सुरक्षा अल्लाहको आदेशहरू पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर प्राप्त हुन्छ । जबकि राम्रो व्यवहार भनेको मुस्कुराएर भेट्नु, पुण्य कर्म गर्नु र दुःख नदिनु हो । यसको विपरीत नर्कमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् । यी दुई हुन्: जिब्रो र गुप्तागं को गलत उपयोग गरेर । जिब्रोबाट हुने पाप भनेको झुट बोल्ने, गीबत गर्ने (अर्काको कुरा काट्ने) र दुइ मुखे हुने आदी । गुप्तांगबाट हुने पाप भनेको व्यभिचार, समलिंगी सम्बन्ध र अन्य।"فوائد الحديث
स्वर्गमा प्रवेश गर्ने केही माध्यमहरू अल्लाहसँग सम्बन्धित छन्, जसमध्ये एउटा अल्लाहको डर हो र केही मानिसहरूसँग सम्बन्धित छन्, जसमध्ये एउटा राम्रो व्यवहार हो ।
जिब्रो मानिसको लागि खतरनाक अंग हो र यसको दुरुपयोग नरक जाने कारण हो ।
कामवासना र अश्लीलता मानिसको लागि जोखिम हुन् र धेरै जसो मानिसहरू यसको कारण नरकमा प्रवेश गर्नेछन् ।