إعدادات العرض
निश्चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।
निश्चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।
साअ्द बिन अबी वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Azərbaycan ქართული тоҷикӣ bm Oromoo Македонскиالشرح
अल्लाहले आफ्ना केही सेवकहरूलाई माया गर्नुहुन्छ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ । जसमध्ये एउटा मुत्तकी (धर्मपरायण) हो, अर्थात् अल्लाहको आदेशको पालना गर्ने र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहने व्यक्ति । दोस्रो गनी (आत्मसन्तुष्ट) व्यक्ति हो, जसले अल्लाह बाहेक अरु कसैसित केही माग्दैन र आफ्नो आवश्यकता हरू अन्य मानिससँग व्यक्त गर्दैन । तेस्रो - उहाँले खफी (गोप्य र साधारण) व्यक्तिलाई माया गर्नुहुन्छ : जसले आफ्नो पालनकर्ताको उपासना गर्दछ, राम्रो काममा व्यस्त रहन्छ र कसैले उसलाई चिनोस् वा प्रशंसा गरोस् भनेर ध्यान दिँदैन ।فوائد الحديث
अल्लाहको प्रेम प्राप्त गर्ने केही विशेषताहरूको बयान, जस्तै अल्लाहको डर, नम्रता र अल्लाहले प्रदान गर्नुभएको कुरामा खुसी र सन्तुष्ट हुनु हो ।
التصنيفات
राम्रो आचरण