सहज बनाउनुहोस् र कठिनाइ नदिनुहोस्, शुभ समाचार दिनुहोस् र घृणा उत्पन्न नगर्नुहोस् ।

सहज बनाउनुहोस् र कठिनाइ नदिनुहोस्, शुभ समाचार दिनुहोस् र घृणा उत्पन्न नगर्नुहोस् ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सहज बनाउनुहोस् र कठिनाइ नदिनुहोस्, शुभ समाचार दिनुहोस् र घृणा उत्पन्न नगर्नुहोस् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दीन (धर्म) र सांसारिक सबै मामिलाहरूमा शरीअतको सीमाभित्र रहेर मानिसहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई कठिनाइमा नराख्न आदेश दिइरहनु भएको छ । साथसाथै उहाँ मानिसहरूलाई शुभ समाचार दिन र घृणा नगर्न प्रोत्साहित गर्नुहुन्थ्यो ।

فوائد الحديث

मुमिनको कर्तव्य भनेको मानिसहरूलाई अल्लाहलाई माया गर्न र असल काम गर्न प्रोत्साहित गर्ने हो ।

दाई-इलल्लाह (अल्लाहतर्फ आह्वान गर्ने) व्यक्तिले मानिसहरूलाई हिक्मत (बुद्धि) का साथ इस्लामको आह्वान गर्नुपर्छ ।

सुसमाचारले प्रचारक र उहाँको आह्वानप्रति मानिसहरूमा आनन्द, चासो, र आश्वासन उत्पन्न गर्दछ ।

कठिनाईले उपदेशकको आह्वानप्रति घृणा, दूरी र शंका उत्पन्न गर्छ ।

आफ्ना सेवकहरूमाथि अल्लाहको अपार कृपा किनभने उहाँले उनीहरूका लागि उदारता र सजिलो शरियतमा आधारित धर्म रोज्नुभएको छ ।

सहजता भन्नाले शरियतको शिक्षा अनुसारको सहजता हो ।

التصنيفات

राम्रो आचरण