जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्

जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्, जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो छिमेकीको सम्मान गरोस् र जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ उसले आफ्नो अतिथिको सम्मान गरोस् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, अल्लाह र अन्तिम दिन; जो सबैको गन्तव्य हो र जहाँ सबैले आफ्नो कर्मको प्रतिफल पाउनेछ, मा आस्था राख्ने व्यक्तिलाई उसको विश्वासले निम्न कुराहरू गर्न प्रेरित गर्दछ : १- राम्रो कुरा गर्नु : जस्तै सुब्हानल्लाह, अल्हमदु लिल्लाह र ला इलाहा इल्लाल्लाह जस्ता अज्कर पढ्नु, राम्रो कुराको आदेश दिनु, नराम्रो कुराबाट रोक्नु र मानिसहरू बीच शान्ति स्थापना गर्नु । यदि त्यसो गर्न सक्दैन भने चुपचाप बस्नु, आफ्नो जिब्रोले कसैलाई चोट नपुर्याउनु र आफ्नो जिब्रोको रक्षा गर्नुपर्छ । २- छिमेकीलाई सम्मान गर्नु : अर्थात् उसको साथ राम्रो व्यवहार गर्नु र उसलाई दुःख नदिनु । ३- भेट्न आउने पाहुनालाई स्वागत गर्ने : अर्थात् उहाँसँग राम्रोसँग कुरा गर्ने र खुवाउने आदि ।

فوائد الحديث

अल्लाह र अन्तिम दिनमा आस्था नै सबै भलाइको आधार हो र यसले असल काम गर्न प्रेरित गर्छ ।

यसमा मानिसलाई जिब्रोको खतराविरुद्ध चेतावनी दिइएको छ ।

इस्लाम प्रेम र सम्मानको धर्म हो ।

यी तीन कार्यहरू वास्तवमा ईमान र प्रशंसनीय आचरणका विशेषताहरू हुन् ।

धेरै कुरा गर्दा कहिलेकाहीँ मकरुह (अप्रिय) र हरामसम्म पुग्छ, त्यसैले राम्रो बोल्नु पर्ने बेला मात्र बोल्नु नत चुप बस्नु राम्रो हुन्छ ।

التصنيفات

राम्रो आचरण