सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको आचरण राम्रो हुन्छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जो…

सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको आचरण राम्रो हुन्छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जो आफ्नो महिलाहरुप्रति राम्रो हुन्छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको आचरण राम्रो हुन्छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जो आफ्नो महिलाहरुप्रति राम्रो हुन्छ ।"

[हसन] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबैभन्दा पूर्ण विश्वासी त्यो हो जसको आचरण उत्तम छ, जस्तै मानिसलाई मुस्कुराएर भेट्नु, राम्रोसँग कुरा गर्नु, राम्रो गर्नु र कसैलाई चोट नपुर्याउनु । त्यसैगरी, सबैभन्दा राम्रो मुमिन (आस्तिक) त्यो हो जो आफ्नी पत्नी, छोरी, दिदीबहिनी र अन्य नातेदारहरूसँग राम्रो व्यवहार गर्दछ । किनभने यी महिलाहरू असल आचरणको सबैभन्दा बढी हकदार छन् ।

فوائد الحديث

असल आचरणको सद्गुण र यो ईमानको अंश हो ।

अमल (कर्म) पनि आस्थाको अंग हो र ईमान बढ्छ र घट्छ ।

इस्लामले महिलालाई सम्मान दिएको छ र उनीहरूसँग राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।

التصنيفات

राम्रो आचरण, वैवाहिक जीवन