पहिलाका अम्बिया ( सन्देष्टाहरू)सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) कि तिमीलाई लाज नभए जे मन…

पहिलाका अम्बिया ( सन्देष्टाहरू)सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) कि तिमीलाई लाज नभए जे मन लाग्छ गर ।

हजरत अबू मस्वूद रजियल्लाहु अन्हुद्वारा वर्णन छ,भन्नु हुन्छ : नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो; पहिलाका अम्बिया ( सन्देष्टाहरू)सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) कि तिमीलाई लाज नभए जे मन लाग्छ गर ।

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले हामीलाई भन्नु भयो: कि अघिल्ला समयका सन्देष्टाहरूले गरेका अर्ती र उपदेशहरू जो मानिसहरू बीचमा फैलिएका छन् र सन्तान दर सन्तान हस्तान्तरण हुँदै यो समुदायका पहिलो वंशज सम्म आइ पुगे , तिमध्ये यो पनि हो कि जुन काम तपाईं गर्न लाग्नु भएको छ त्यसलाई हेर्नु होस्, यदि त्यो काम गर्नका लागि कुनै लाज छैन भने त्यो काम गरि हाल्नुस् , र यदि त्यो काममा तपाईंलाई लाज मान्नु पर्ने छ भने , त्यसलाई छोडि दिनु होस् ; नराम्रो कर्मको बाधक भनेको लाज लाग्नु हो र जसलाई लाज हुँदैन ऊ हरेक प्रकारका अनैतिक र निन्दनीय कामहरूमा लिप्त हुन्छ ।

فوائد الحديث

लजाउनु उच्चाचरणको जरो हो ।

लजाउनु सन्देष्टाहरूको (उनी माथि शान्ति होस) विशेषताहरू मध्ये एक हो, र यो उनीहरूको भनाइहरू मध्ये हो ।

लजाउनु यस्तो चिज हो जसले मुसलमानको व्यक्तित्वलाई सोभायमान बनाउने कामहरूमा उत्प्रेरित गर्छ र यस्ता कामहरूबाट पर राख्छ जसले उसको व्यक्तित्वलाई कलङ्कित गर्छ ।

इमाम नववी (रहिमहुल्लाह)ले भन्नु भएको छ : यसमा आदेश अनुमतिमा आधारित छ । यसको अर्थ: यदि तपाइँ केही गर्न खोज्दै हुनु हुन्छ र यदि त्यो काममा तपाइँलाई अल्लाह तआला र मानिसहरूबाट गर्न लाज मान्नु पर्ने छैन भने, त्यो काम गर्न फरक परेन । अन्यथा, नगर्नु होस्, र यसैमा इस्लामको आधार रहेको छ, यसलाई यसरी बुझ्नु होस् कि जो वाजिब र मुस्तहब काम गर्न आदेश र नसीहत गरिएको छ त्यसलाई नगर्दा लाज लाग्नु पर्छ र जो कुरा अवैध र निषेध (हराम) गरिएको छ त्यसलाई गर्नमा लाज मान्नु पर्छ । जो कामहरू गर्न जायज छन्, तिनमा गर्नमा लजाउन पनि जायज छ र न गर्नमा लजाउन पनि मिल्छ । यसरी यो हदीसको दायरामा पाँचै हकुमहरू समावेश भए, केही मानिसहरूको भनाइ अनुसार यो हदीसमा दिइएको आदेश धम्कीपुर्ण पनि छ कि यदि तिमीमा लाज भएन भने, तिमीले जे जे मन लाग्छ गरे हुन्छ ; अल्लाहले तिमीलाई यसमा अवश्य सजाय दिनु हुनेछ, र केही को यो भनाइ पनि छ कि : यो हदीसमा "आदेश" खबर दिनका लागि हो । अर्थात् जसलाई लाज बाधक बनेन त्यो जे मनमा लाग्छ गर्दै हिँड्छ ।

التصنيفات

राम्रो आचरण