जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।

जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"

[सही] [तिर्मीजी र अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो मुस्लिम भाइको अनुपस्थितिमा उसको इज्जत र मर्यादाको रक्षा गर्दछ, अल्लाहले न्यायको दिन उसलाई सजायबाट टाढा राख्नुहुन्छ ।

فوائد الحديث

मुस्लिमहरूको इज्जत र प्रतिष्ठामा हानि पुर्याउने कुनै पनि कुरा बोल्न निषेध गरिएको छ ।

मानिसलाई उसको कर्म अनुसार इनाम दिइन्छ। तसर्थ, जसले आफ्नो भाइको इज्जतको रक्षा गर्छ, अल्लाहले उसलाई नरकको आगोबाट बचाउनुहुनेछ ।

इस्लाम आपसी भाइचारा र सहयोगको धर्म हो ।

التصنيفات

सद्गुण र आचरण, राम्रो आचरण