अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ

अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ

शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दुइटा कुरा सिकेर सुरक्षित राखेको छु : "अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई मार्छौ (मृत्युदण्ड आदिको लागि) तब त्यसलाई राम्रो तरिकाले मार र जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर र जनावरलाई वध गर्दा पहिला आफ्नो चक्कु धारिलो बनाउनुपर्छ र मारिने जनावरलाई राहत दिनुपर्छ ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। इहसान (परोपकार) भनेको तपाईंले गर्नुहुने हरेक काममा अल्लाहलाई सधैं मनमा राख्नु हो । अल्लाहको उपासना गर्दा, पुण्य कर्म गर्दा र मानिसहरूलाई दुःखबाट बचाउँदा पनि । त्यसैगरी यसमा हत्या र वध गर्दा समेत दयालु हुनु पनि समावेश छ । किसास (बदला) को रुपमा हत्या गर्दा दयालु हुनु भनेको हत्याको लागि सबैभन्दा सजिलो, हल्का र छिटो बाटो रोज्नु हो । वध गर्दा पशुप्रति दयालु हुनु भनेको हतियार धारिलो बनाउनु, जनावरको आँखा अगाडि हतियारको धार नलगाउनु र एउटा पशुलाई अर्को जनावरको अगाडि नमार्नु हो ।

فوائد الحديث

सृष्टिप्रति अल्लाहको कृपा र दया ।

मृत्युदण्ड दिँदा वा पशु वध गर्दा शरीयतले तोकेको तरिका अनुसार गर्नु नै सदव्यवहार हो ।

इस्लामी शरियत एक सम्पूर्ण जीवन व्यवस्था हो र यसमा सबै प्रकारका भलाइहरू समावेश गरिएका छन्, जसको उदाहरण जनावरप्रति दया हो ।

मानिसको हत्या गरेपछि शरीरका अंग टुक्रा-टुक्रा गरी विच्छेदन गर्न निषेध गरिएको छ ।

जनावरलाई यातना दिने हरेक काम हराम हो ।

التصنيفات

हलाल (वध) गर्नु, राम्रो आचरण