إعدادات العرض
जो व्यक्तिले संसारमा अरूको (गल्ती वा कमजोरी) लुकाउँछ, अल्लाहले प्रलयको दिन त्यस व्यक्तिको गलतीलाई लुकाउनेछ।
जो व्यक्तिले संसारमा अरूको (गल्ती वा कमजोरी) लुकाउँछ, अल्लाहले प्रलयको दिन त्यस व्यक्तिको गलतीलाई लुकाउनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ: "जो व्यक्तिले संसारमा अरूको (गल्ती वा कमजोरी) लुकाउँछ, अल्लाहले प्रलयको दिन त्यस व्यक्तिको गलतीलाई लुकाउनेछ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Hausa Kurdî Kiswahili Português தமிழ் Nederlands অসমীয়া ગુજરાતી አማርኛ پښتو ไทย മലയാളംالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले बयान गर्नुहुन्छ: कुनै मुसलमानले आफ्नो मुस्लिम दाजुभाइको कुनै कुरा (गल्ती वा कमजोरी) लुकाएमा, अल्लाह तआलाले प्रलयको दिन उसको गलतीलाई लुकाएर संरक्षण दिनुहुनेछ। किनभने प्रतिफल कर्मकै प्रकारको हुन्छ। अल्लाहले उसको गल्तीहरू र अपराधहरूलाई महशरको मैदानमा भेला भएका मानिसहरू बाट लुकाएर उसलाई ढाक्नुहुनेछ। अनि ती पापहरूको हिसाब-किताब नगरी र ती पापहरू बारे उसलाई नभनिकन गोप्य रूपले पनि हुन सक्छ।فوائد الحديث
जब एक मुसलमानले पाप गर्छ, तब उसलाई लुकाउनु उचित छ, तर यससँगै उसले गरेको गल्तीको विरोध गर्न, उपदेश दिन र अल्लाहसँग डराउन प्रेरित गर्न आवश्यक छ। तर यदि ती मानिसहरू पाप र भ्रष्टाचारको सार्वजनिक रूपमा प्रचार गर्ने हुन् भने, तिनीहरूको पाप लुकाउनु उचित छैन, किनकि यसले तिनीहरूलाई पाप गर्नको लागि प्रोत्साहित गर्न सक्छ। यस अवस्थामा, उनको मामिला शासक वा अधिकारिक व्यक्तिहरूसम्म पुर्याउनु पर्छ, यद्यपि यसमा उनको पापको सार्वजनिक उल्लेख हुनेछ, किनकि उनी आफ्नो पाप र भ्रष्टाचारलाई प्रकट गर्दै छन्।
अरूको गल्तीहरू ढाकछोप गर्न प्रोत्साहन।
गल्तीहरू लुकाउने फाइदाहरूमा एक यो हो कि पापीलाई आफ्नो गल्ती सुधार्ने र अल्लाहतर्फ फर्कने अवसर मिल्छ। किनभने दोष र कमजोरीहरूको सार्वजनिक गर्नु फोहोर व्यवहारको प्रचार हो, जसले सामाजिक वातावरणलाई बिगार्दछ र अरूलाई पनि ती पापहरू गर्न प्रोत्साहित गर्छ।