إعدادات العرض
मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ…
मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી Yorùbá ئۇيغۇرچە Kiswahili پښتو অসমীয়া دری or Čeština Română Nederlands Soomaali తెలుగు Српски മലയാളം Кыргызча Kinyarwanda ಕನ್ನಡ Wolof Magyar ქართული Moore Українська Македонски Azərbaycan Lietuvių Shqip አማርኛ Malagasy Oromoo ไทย Deutsch मराठी ਪੰਜਾਬੀ O‘zbek Italiano ភាសាខ្មែរالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पूर्ण मुस्लिम त्यो हो, जसको बोली बाट अन्य मुस्लिमहरू सुरक्षित रहन्छन्। त्यसै गुण स्वरुप उसले अरू मुस्लिमहरूलाई गाली गर्दैन, श्राप दिँदैन, चुक्ली लगाउँदैन, छुल्याइँ गर्दैन र अन्य कुनै पनि तरिकाले आफ्नो बोलीद्वारा दुःख दिँदैन। त्यसैगरी उसको हातबाट (दुर्व्यवहारबाट) पनि मानिसहरू सुरक्षित हुन्छन्; उसले कसैलाई कष्ट दिँदैन, आक्रमण र अत्याचार गर्दैन, कसैको सम्पत्ति अनुचित रूपमा लिँदैन, र यस्तै अन्य खराब काम गर्दैन। र वास्तविक 'मुहाजिर' (त्याग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।فوائد الحديث
पूर्ण इस्लाम भनेको अरूलाई शारीरिक वा मानसिक कुनै पनि प्रकारको दुःख र पीडा नदिनु हो।
बोली र हात लाई विशेष रूपमा उल्लेख गरिनुको कारण यो हो कि मानिसले गर्ने धेरैजसो गल्ती र हानिहरू यिनै दुई अङ्गबाट हुन्छन्। वास्तवमा, अधिकांश खराबी र समस्याहरू यी दुईबाटै उत्पन्न हुने गर्छन्।
यसमा पाप त्याग्न र अल्लाहको आदेश पालन गर्न प्रोत्साहन दिइएको छ ।
सबैभन्दा उत्तम मुस्लिम त्यो व्यक्ति हो, जसले अल्लाहप्रति र मुस्लिमहरू प्रति आफ्नो कर्तव्य पूरा गर्छ।
हानि पुर्याउने कार्य बोली वा व्यवहार, दुवै रूपमा हुन सक्छ।
पूर्ण हिज्रत (त्याग) भनेको अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।