إعدادات العرض
जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।
जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।
जरीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Português தமிழ் অসমীয়া Kiswahili ગુજરાતી Nederlands پښتو Hausa മലയാളം Svenska Кыргызча Română ಕನ್ನಡ Српски తెలుగు ქართული Moore Magyar Македонски Čeština Kinyarwanda Українська Lietuvių Wolof Azərbaycan Malagasy ไทย मराठी ਪੰਜਾਬੀ Deutsch دری አማርኛ ភាសាខ្មែរ Oromooالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जो व्यक्ति नम्रता र दयाबाट वञ्चित हुन्छ—चाहे त्यो धार्मिक मामिलामा होस् वा सांसारिक कार्यहरूमा, र चाहे व्यक्तिगत आचरणमा होस् वा अरूसँगको व्यवहारमा—ऊ वास्तवमा सम्पूर्ण भलाईबाट वञ्चित रहन्छ।فوائد الحديث
यसमा नम्रता र विनयशीलताको महत्व प्रष्ट पारिएको छ। साथै, यो आचरणलाई आफ्नो जीवनमा आत्मसात् गर्न प्रोत्साहन दिँदै हिंसा तथा कठोरताको पूर्णतः खण्डन गरिएको छ।
कोमलता र नरम व्यवहार अपनाउँदा यस संसार र परलोक दुवैको भलाइ र कल्याण सुव्यवस्थित हुन्छ, साथै मामिलाहरूमा सहजता र विस्तार प्राप्त हुन्छ। तर, कठोरता र उग्र व्यवहारले ठीक यसको विपरीत हुन्छ।
विनम्र, उच्च आचरण र उत्कृष्ट व्यवहारले नम्रता आउँछ, जबकि क्रोध, क्रूरता र असभ्यताबाट हिंसा उत्पन्न हुन्छ, यसै कारणले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले विनम्रताको प्रशंसा गर्नुका साथै यसको महत्त्वमाथि विशेष जोड दिनुभएको छ।
सुफयान सौरी (रहिमहल्लाह) ले आफ्ना साथीहरूलाई भन्नुभयो:
“के तिमीहरूलाई थाहा छ सुशीलता (रिफ्क) भनेको के हो? यसको अर्थ हरेक कुरालाई त्यसको उचित स्थानमा राख्नु हो: जहाँ कठोरता आवश्यक छ, त्यहाँ कठोरता अपनाउनु; जहाँ नम्रता आवश्यक छ, त्यहाँ नम्रता अपनाउनु; जहाँ तरबारको प्रयोग आवश्यक छ, त्यहाँ तरबार प्रयोग गर्नु; र जहाँ कोर्राको प्रयोग आवश्यक छ, त्यहाँ कोर्रा प्रयोग गर्नु।”
التصنيفات
राम्रो आचरण