إعدادات العرض
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) न त अश्लील हुनुहुन्थ्यो न त फोहोरी कुरा गर्न वा नराम्रो भाषा प्रयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो: "तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands తెలుగు Kiswahili தமிழ் دری Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Azərbaycan ქართული тоҷикӣ bm Oromoo Македонски አማርኛالشرح
"नबी (सल्लल्लाहु अलैहि वसल्लम)को स्वभावमा कहिल्यै खराब बोल्ने वा नराम्रो कार्य गर्नु समावेश थिएन। उहाँले न यसो गर्न चाहनु हुन्थ्यो, न त जानाजानी यसमा संलग्न हुनुहुन्थ्यो। उहाँ साँच्चै महान् नैतिकता भएका व्यक्ति हुनुहुन्थ्यो।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्थ्यो : अल्लाहको नजरमा तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसको नैतिकता सबैभन्दा राम्रो हो । राम्रो व्यवहार भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु, अरुले चोट पुर्यायो भने धैर्य गर्नु र मानिसहरुसँग घुलमिल भएर बस्नु नै हो ।فوائد الحديث
मुमिनले खराब शब्दहरू र खराब कार्यहरूबाट टाढा रहनुपर्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदर्श नैतिकता थियो । उहाँबाट राम्रो कामहरू र राम्रा शब्दहरू बाहेक अरू केही हुँदैनथ्यो ।
सुन्दर आचरण एक प्रतिस्पर्धाको मैदान हो; जो अगाडि बढ्छ, ऊ विश्वासको उत्तम र सम्पूर्ण मानिसहरूमा पर्छ।
التصنيفات
राम्रो आचरण