जसले मानिसहरूलाई दया गर्दैन, अल्लाहले उसलाई दया गर्नुहुन्न ।

जसले मानिसहरूलाई दया गर्दैन, अल्लाहले उसलाई दया गर्नुहुन्न ।

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " जसले मानिसहरूलाई दया गर्दैन, अल्लाहले उसलाई दया गर्नुहुन्न ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दया नदेखाउनेलाई अल्लाहले दया देखाउँदैनन् भनेर बताउँदै हुनुहुन्छ । यसरी हेर्दा अल्लाहका प्राणीहरूप्रति दया देखाउनु अल्लाहको कृपा प्राप्त गर्ने ठूलो माध्यम हो ।

فوائد الحديث

सम्पूर्ण प्राणीहरुप्रति दया चाहिन्छ, तर यहाँ 'मानिस' लाई ध्यानाकर्षण गर्न विशेषरूपमा उल्लेख गरिएको छ ।

अल्लाह परम दयालु हुनुहुन्छ र आफ्ना दयालु सेवकहरूलाई दया गर्नुहुन्छ । किनभने इनाम उसको कर्मको प्रकृति अनुसार दिइन्छ ।

मानिसहरूप्रति दयालु हुनु भनेको उनीहरूको लागि राम्रो गर्नु, उनीहरूलाई शर (बुराइ) बाट बचाउनु र उनीहरूसँग राम्रो व्यवहार गर्नु पनि समावेश छ ।

التصنيفات

राम्रो आचरण