إعدادات العرض
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
जाबिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands Kiswahili தமிழ் دری Български Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda тоҷикӣ O‘zbek Akan Moore Azərbaycan Wolof Oromoo Soomaali Українська ភាសាខ្មែរ bm rn ქართული Македонски Српски Ελληνικά አማርኛ Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले किनबेच गर्दा नम्रता र उदारता देखाउने व्यक्तिको लागि कृपा प्राप्तिको प्रार्थना गर्नुभएको छ । तसर्थ, मूल्यको बारेमा खरिदकर्तासँग कडा नहुनुहोस् र राम्रो आचरणको प्रदर्शन गर्नुहोस् । त्यसैगरी खरिद गर्दा नम्रता र उदारताका साथ व्यवहार गर्नुहोस् र सामानको अवमूल्याङ्कन वा मूल्य नघटाउनुहोस् । त्यसैगरी ऋण माग्दा नम्र र उदार बन्नुहोस् । गरिब र खाँचोमा परेको व्यक्तिसँग कठोर व्यवहार गर्नुको सट्टा नम्रतापूर्वक ऋण माग्नुहोस् र थप समय पनि दिनुहोस् ।فوائد الحديث
शरिया कानूनको उद्देश्यहरुमध्ये एक मानिसहरू बीचको सम्बन्ध सुधार गर्ने कुराहरूको संरक्षण गर्नु हो ।
खरिद बिक्री आदि जस्ता मामिलामा उच्च नैतिकता र राम्रो आचरणको प्रदर्शन गर्न प्रोत्साहित गरिएको छ।
التصنيفات
राम्रो आचरण