إعدادات العرض
कयामतको दिन तराजुमा राम्रो व्यवहार भन्दा ठूलो (भारी) अरू केही हुनेछैन । अल्लाह अश्लील र अभद्र व्यक्तिलाई घृणा…
कयामतको दिन तराजुमा राम्रो व्यवहार भन्दा ठूलो (भारी) अरू केही हुनेछैन । अल्लाह अश्लील र अभद्र व्यक्तिलाई घृणा गर्नुहुन्छ ।
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कयामतको दिन तराजुमा राम्रो व्यवहार भन्दा ठूलो (भारी) अरू केही हुनेछैन । अल्लाह अश्लील र अभद्र व्यक्तिलाई घृणा गर्नुहुन्छ ।"
[सही] [अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം ไทย Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Українська ქართული Moore Magyarالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन मुमिनहरूको कर्म वजन गर्दा तराजुमा सबैभन्दा भारी सत्कर्म नैतिकता हुनेछ, जस्तैः अनुहारमा मुस्कान, अरुलाई दु:ख नदिनु र राम्रो कार्यहरू गर्नु । अल्लाहले कार्य र बोलीमा अश्लील र अभद्र कुरालाई घृणा गर्नुहुन्छ ।فوائد الحديث
उत्कृष्ट व्यवहारको सद्गुण; किनभने अल्लाह र उहाँका भक्तहरूको प्रेम प्राप्त गर्ने ठूलो माध्यम र कयामतको दिन तराजुमा तौलिने सबैभन्दा ठूलो चीज हो ।