साँच्चै, अल्लाहले असल कामहरू र पापहरू लेखिदिनुभएको छ ।" त्यसपछि उहाँले भन्नु भयो: जसले कुनै राम्रो काम गर्न चाहन्छ…

साँच्चै, अल्लाहले असल कामहरू र पापहरू लेखिदिनुभएको छ ।" त्यसपछि उहाँले भन्नु भयो: जसले कुनै राम्रो काम गर्न चाहन्छ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक पूर्ण नेकी लेखिदिनुहुन्छ । यदि कसैले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी नेकी लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक नेकी लेखिदिनुहुन्छ र यदि मनसाय अनुसार गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट अनि उहाँ अल्लाहबाट वर्णन गर्दै हुनुहुन्छ : " साँच्चै, अल्लाहले असल कामहरू र पापहरू लेखिदिनुभएको छ ।" त्यसपछि उहाँले भन्नु भयो: जसले कुनै राम्रो काम गर्न चाहन्छ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक पूर्ण नेकी लेखिदिनुहुन्छ । यदि कसैले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी नेकी लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक नेकी लेखिदिनुहुन्छ र यदि मनसाय अनुसार गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, अल्लाहले असल कामहरू र खराब कामहरू निर्धारण गर्नुभएको छ र त्यसपछि ती कसरी लेख्ने भनेर दुवै फरिशता (स्वर्गदूत) हरूलाई निर्देशन दिनुभएको छ : जसले राम्रो कर्म गर्ने मनसाय र संकल्प गर्यो, तर गर्न सकेन भने पनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । यदि उसले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी हृदयमा रहेको इमान्दारिता र यस कार्यबाट अरूलाई हुने लाभको आधारमा नेकी (पुण्य) लेखिन्छ । जसले नराम्रो काम गर्ने दृढतापूर्वक मनसाय राख्यो तर अल्लाहको लागि छोड्यो, उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । तर यदि उसले चासोको अभावमा छोडियो वा यसको स्रोतसाधनलाई बेवास्ता गर्यो भने केही लेखिने छैन । तर क्षमताको कमीले गर्दा छोड्छ भने उसको मनसाय विरुद्ध लेखिन्छ र यदि उसले गर्छ भने, उसको खातामा एक पाप लेखिन्छ ।

فوائد الحديث

यस उम्मत (समुदाय) प्रति अल्लाहको ठूलो आशीर्वाद, उहाँले असल र राम्रो कर्महरूको प्रचुर मात्रामा इनाम दिनुहुन्छ र यसलाई आफ्नो अभिलेखमा रेकर्ड गर्नुहुन्छ । तर नराम्रो कर्मको बदला बढाएर लेख्नुहुन्न ।

कर्महरूमा नियतको महत्त्व र त्यसको प्रभाव ।

यो अल्लाहको कृपा र अनुग्रह हो, जसले राम्रो कर्म गर्ने संकल्प गर्यो, तर गर्न सकेन तैपनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ ।

التصنيفات

ताैहीद अस्मा व सिफात