वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल…

वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि यसको राम्रो प्रतिफल दिइनेछ

अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि यसको राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसको लागि कुनै प्रतिफल दिइने छैन ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानरूप्रति अल्लाहको अनुग्रह र दया तथा काफिरहरूप्रति उहाँको न्याय र निष्पक्षताको वर्णन गर्नुभएको छ । जहाँसम्म आस्थावानको कुरा छ, उसले गरेको राम्रो कामको प्रतिफल कहिले पनि बर्बाद हुँदैन, बरु उसलाई यस संसारमा राम्रो बदला दिइनेछ र साथसाथै परलोकको लागि प्रतिफल भाण्डार गरिन्छ र कहिलेकाहीँ उसको सम्पूर्ण प्रतिफलहरू परलोकको लागि सुरक्षित गरिन्छ । जहाँसम्म काफिरको कुरा छ, अल्लाहले उसलाई उसको असल कर्मको बदलामा यस संसारमा राम्रो चीजहरू दिनुहुन्छ र जब ऊ परलोकमा पुग्छ, तब उसको लागि कुनै प्रतिफल हुनेछैन । किनकि असल कर्मबाट लाभान्वित हुनका लागि मुअ्मिन (आस्थावान) हुनु शर्त छ ।

فوائد الحديث

कुफ्र (गैर इस्लाम) को अवस्थामा मर्ने मानिसलाई कुनै पनि कर्मले लाभ दिन सक्दैन।

التصنيفات

ताैहीद अस्मा व सिफात, आखिरतको जीवन, इस्लाम