हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र ममा आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र…

हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र ममा आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र ममा आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिम्रो पाप आकाश जत्तिकै अग्लो भए पनि र तिमीले मसँग माफी माग्यौ भने म तिमीलाई माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिमी मकहाँ पृथ्वी बराबर पाप लिएर आयौ र तिमीले मसँग कसैलाई शिर्क (साझेदार) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबरको क्षमा लिएर आउनेछु ।"

[हसन] [तिर्मीजीले वर्णन गरेका छन् - अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हदीस कुद्सीमा भन्नुभएको छ: हे आदमको सन्तान, जबसम्म तिमी मलाई पुकारिरहन्छौ, मेरो कृपाको आशा गर्छौ र निराश हुँदैनौ भने; म तिम्रो पापलाई ढाकेर राख्ने छु र माफी दिनेछु र मलाई त्यसको परवाह छैन, यद्यपि ठूलो पाप भए पनि । हे आदमको सन्तान: तिम्रा पापहरू जतिसुकै भए पनि, आकाश र पृथ्वीबीचको ठाउँ र कुनाकाप्चालाई भरिदिए पनि, यदि तिमी मसँग क्षमा माग्छौ भने; म तिम्रा सबै पापहरूलाई पखालेर माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान: यदि तिमी मरेपछि मकहाँ पृथ्वी बराबर पाप र अनाज्ञाकारिता लिएर आयौ र तिम्रो मृत्यु तौहीदको अवस्थामा भएको थियो र मसँग कसैलाई शिर्क (साझेदार) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबर क्षमा लिएर आउनेछु; किनकि म क्षमाले भरिएको छु र म शिर्क (बहुदेववाद) बाहेक सबै पापहरू क्षमा गर्छु ।

فوائد الحديث

अल्लाहको अपार कृपा, क्षमा र अनुग्रह ।

तौहीद (एकेश्वरवाद) को सद्गुण र एकेश्वरवादीहरूबाट केही पाप भएको छ भने अल्लाहले क्षमा गर्नुहुन्छ ।

शिर्क (बहुदेववाद) को खतरा र अल्लाहले बहुदेववादीहरूलाई माफ गर्नुहुन्न ।

इब्न रजबले भने: पाप पखाल्ने तीनवटा कारणहरू यस हदीसमा उल्लेख गरिएका छन्: पहिलो: आशाका साथ दुआ गर्नु, दोस्रो: क्षमा माग्नु र पश्चात्ताप गर्नु, तेस्रो: एकेश्वरवादको अवस्थामा मृत्यु हुनु ।

यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहरात प्राप्त गर्नु, उपासना र चमत्कार आदि ।

पाप तीन प्रकारका हुन्छन्: पहिलो: अल्लाहसँग शिर्क गर्नु; अल्लाहले शिर्कलाई कदापी माफ गर्नुहुन्न । अल्लाहले भन्नुभएको छ : {वास्तवमा, जसले अल्लाहसँग शिर्क (साझेदार) गर्दछ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुभएको छ । दोस्रो: सामान्य पापहरू जुन सेवकले आफ्नो पालनकर्ताको अवज्ञा गर्छ; अल्लाहले चाहनुभयो भने क्षमा गर्नुहुन्छ । तेस्रो: एकले अर्कामाथि अन्याय गर्नु, यसमा अल्लाहले केही गर्नुहुन्न, त्यसैले किसास (ज्यानको बदला ज्यान) (वा माफी) आवश्यक छ ।

التصنيفات

ताैहीद अस्मा व सिफात, तौबा (प्रायश्चित)