إعدادات العرض
तिमीहरूले मध्यमार्ग अपनाऊ र सही मार्गमा लाग, र जानि राख कि तिमीहरूमध्ये कुनै पनि केवल आफ्ना कर्महरूद्वारा मुक्ति…
तिमीहरूले मध्यमार्ग अपनाऊ र सही मार्गमा लाग, र जानि राख कि तिमीहरूमध्ये कुनै पनि केवल आफ्ना कर्महरूद्वारा मुक्ति पाउन सक्दैन।" सहाबाहरूले सोधे: "हे अल्लाहका रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, जबसम्म अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुहुन्न।
अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: "तिमीहरूले मध्यमार्ग अपनाऊ र सही मार्गमा लाग, र जानि राख कि तिमीहरूमध्ये कुनै पनि केवल आफ्ना कर्महरूद्वारा मुक्ति पाउन सक्दैन।" सहाबाहरूले सोधे: "हे अल्लाहका रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, जबसम्म अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुहुन्न।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Kiswahili Português සිංහල Tiếng Việt Nederlands অসমীয়া ગુજરાતી አማርኛ پښتو ไทย Hausa മലയാളം ქართული Magyar తెలుగుالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सहाबाहरूलाई काम गर्नको लागि प्रोत्साहन दिनुभएको छ। उनीहरूलाई सकेसम्म अल्लाहको डर राखन र संतुलित र उचित मार्ग अपनाउन प्रोत्साहित गर्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सहाबाहरूलाई आफ्नो काममा शुद्ध नीयत राखेर अल्लाहको लागि इख्लास (सच्चा मनसाय) को साथ काम गर्न, र सुन्नतको अनुसरण गर्न आदेश दिनुभयो, ताकि तिनीहरूको कार्य स्वीकार्य होस् र अल्लाहको रहमत तिनीहरू माथि अवतरित होस्। नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सहाबाहरूलाई बताउनुभयो कि तिनीहरूको काम मात्र कुनै पनि व्यक्तिलाई बचाउनका लागि पर्याप्त हुँदैन, बरू अल्लाहको रहमत अनिवार्य छ। सहाबाहरूले सोधे: के तपाईँ पनि ऐ अल्लाहका रसूल, तपाईंको ठूलो प्रतिष्ठा र महिमा भएपनि, तपाईंको कार्यहरूले तपाईंलाई बचाउँदैन? उहाँले जवाफ दिनुभयो: म पनि होइन, जबसम्म अल्लाहले मलाई आफ्नो कृपाले ढाक्नुहुन्न ।فوائد الحديث
इमाम नववीले भनेका छन्:" सद्दिदू वा क़ारिबू" को अर्थ हो, सही मार्गमा लाग्नुहोस् र यदि त्यसमा पूर्ण रूपमा सफलता प्राप्त गर्न असमर्थ हुनुहुन्छ भने, त्यसको नजिक जानुहोस्।अर्थात्, यसलाई सम्भव नजिक ल्याउनुहोस्। 'सेदाद' भनेको सही मार्ग हो, जुन अत्यधिकता र आलस्य बीचको सन्तुलन हो। त्यसैले न त अत्यधिक गर्नुपर्छ, न त लापरवाह हुनुपर्छ।
ईमाम इब्न बाजले भनेका छन्: "सद्गुणपूर्ण कार्यहरू स्वर्गमा प्रवेश गर्ने कारणहरू हुन्, त्यसै गरी खराब कार्यहरू नरकमा प्रवेश गर्ने कारण हुन्। यो हदीसले स्पष्ट पार्दछ कि स्वर्गमा प्रवेश केवल भलाईका कामहरूको आधारमा होइन, बरु अल्लाहको क्षमा र रहमतको आवश्यकता छ। मानिसहरू आफ्ना कार्यहरूको कारणले स्वर्गमा प्रवेश गर्छन्, तर तिनीहरूको प्रवेशको मुख्य कारण अल्लाहको रहमत, क्षमा, र माफी हो।
मानिसले उसको कार्यको स्तर जति उच्च भए तापनि, त्यसप्रति घमण्ड वा आत्ममुग्धता गर्नु हुँदैन। यो सम्झनु आवश्यक छ कि सबै कर्म अल्लाहको अनुग्रह र मार्गदर्शनद्वारा मात्र सम्भव छन्, किनभने अल्लाहको हक बन्दाको सबै कार्यभन्दा धेरै महान छ। त्यसैले बन्दाले डर र आशा दुवैलाई सँगसँगै राख्न आवश्यक छ।
अल्लाहको कृपा र रहमत आफ्ना बन्दाहरूको कार्यहरूभन्दा धेरै विशाल छ।
सद्गुणपूर्ण कार्हयरू स्वर्गमा प्रवेश गर्ने कारण हुन्, तर स्वर्गमा सफलतापूर्वक प्रवेश गर्नु अल्लाहको कृपा र रहमतद्वारा मात्र सम्भव हुन्छ।
इमाम करमानीले भनेका छन्: यदि सबै मानिसहरू अल्लाहको रहमत बिना स्वर्गमा प्रवेश गर्न सक्दैनन् भने नबी (सल्लल्लाहु अलैहि वसल्लम)को विशेष उल्लेख गर्नेको कारण यो हो कि उहाँलाई निश्चित रूपले स्वर्गमा प्रवेश गर्ने कुरा थाहा छ, तै पनि उहाँको प्रवेश केवल अल्लाहको रहमतद्वारा मात्र हुनेछ। जब कुरा यस्तो हो भने अन्य सबै मानिसहरूलाई स्वर्गमा प्रवेशका लागि अल्लाहको रहमत अझ बढी आवश्यक पर्छ ।
इमाम नववीले भनेका छन्: कुरआनका आयतहरू जस्तै:
{ आफ्नो सत्कर्मको बदलामा स्वर्गमा प्रवेश गर्नुहोस् । }
[नहल: ३२] र
{ तिमीहरूले गर्ने गरेका कार्यहरूको प्रतिदानस्वरूप तिमीहरूलाई उत्तराधिकारी बनाइएको स्वर्ग यही हो ।}
[ज़ुख्रुफ: ७२],
यी आयतहरूले स्पष्ट रूपमा देखाउँछन् कि कार्यहरूको कारणले स्वर्गमा प्रवेश हुन्छ। यी आयतहरूले हदीसहरूको विरोध गर्दैनन्, किनकि तिनीहरूको अर्थ यो हो कि स्वर्गमा प्रवेश कार्यहरूको कारण हो, तर त्यसपछि कार्यको सफलता, इख्लास पाउने मार्गदर्शन, र अल्लाहको रहमत र कृपाबाट यसको स्वीकृति महत्त्वपूर्ण छ। त्यसैले, यो सही छ कि स्वर्गमा केवल कार्यको आधारमा प्रवेश गर्ने कुरा असम्भव हो, र यो हदीसको अर्थ पनि यही हो। र यसरी भन्न पनि ठीक हुन्छ कि व्यक्तिले आफ्नो कार्यहरूको कारणले स्वर्गमा प्रवेश गर्न सकिन्छ तर ती कार्यहरू अल्लाहको रहमतद्वारा मात्रै सम्भव भएका हुन्।
इब्न अल-जौजीले यस विषयमा चार उत्तरहरू उल्लेख गरेका छन्:
पहिलो: कर्म गर्नको लागि तौफीक (सक्षम बनाउने शक्ति) स्वयं अल्लाहको रहमतबाट हुन्छ। यदि अल्लाहको प्रारम्भिक रहमत नहुने हो भने, न त इमान प्राप्त हुन्थ्यो, न त त्यो आज्ञापालन (ताअत) सम्भव हुन्थ्यो, जसद्वारा उद्धार (नजात) प्राप्त हुन्छ।
दोस्रो: बन्दाको कार्यहरू उसको मालिक (अल्लाह) का लागि हुन्छन्, किनभने ती कार्यहरू मालिकप्रति उसको कर्तव्य हो। त्यसैले, जब अल्लाहले त्यस कार्यको बदला स्वरूप इनाम दिनुहुन्छ, त्यो बन्दाको हक होइन, तर अल्लाहको कृपा र अनुग्रह हो।
तेस्रो: केही हदीसहरूमा उल्लेख गरिएको छ कि स्वर्गमा प्रवेश गर्ने कुरा पूर्ण रूपमा अल्लाहको रहमतद्वारा हुन्छ। तर स्वर्गमा प्राप्त गरिने विभिन्न स्तरहरू (दर्जाहरू) बन्दाका कार्यहरूको आधारमा प्रदान गरिन्छ।
चौथो: आज्ञापालन (ताअत) र कर्महरूको समय सीमित हुन्छ, तर त्यसको बदला स्वरूप प्राप्त हुने इनाम अनन्त हुन्छ, यस्तो अनन्त कृपाको बदला बन्दाका सीमित कार्यहरूको तुलनामा अत्यन्तै विशाल हो। त्यसैले, यो बदला केवल अल्लाहको कृपा र अनुग्रहद्वारा प्रदान गरिन्छ, न कि कर्महरूको प्रत्यक्ष अदला-बदलीको रूपमा।
राफेईले भनेका छन्: कर्म गर्ने व्यक्तिले उद्धार प्राप्त गर्न वा उच्च स्तरहरू प्राप्त गर्न आफ्नो कार्यमाथि निर्भर हुनु हुँदैन। किनभने, उसले जुनसुकै कार्य गरेको छ, त्यो अल्लाहको तौफीक(अनुग्रह) र सहयोग द्वारा भएको हो। उसले पापबाट आफूलाई जोगाएको छ भने, त्यो पनि अल्लाहको सुरक्षा द्वारा मात्र सम्भव भएको हो। त्यसैले, यी सबै कुरा अल्लाहको कृपा र रहमतद्वारा सम्पन्न हुन्छन्।
التصنيفات
ताैहीद अस्मा व सिफात