हाम्रा पालनकर्ता प्रत्येक रात संसार नजिकको आकाशमा अवतरण गर्नुहुन्छ जब रातको अन्तिम तिहाइ

हाम्रा पालनकर्ता प्रत्येक रात संसार नजिकको आकाशमा अवतरण गर्नुहुन्छ जब रातको अन्तिम तिहाइ

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हाम्रा पालनकर्ता प्रत्येक रात संसार नजिकको आकाशमा अवतरण गर्नुहुन्छ जब रातको अन्तिम तिहाइ बाँकी रहन्छ र घोषणा गर्नुहुन्छ: “कसले मलाई पुकार्छ, ताकि म उसको बिन्ती स्वीकार गर्न सकूँ? कसले मसँग माग्छ, ताकि म उसलाई दिन सकूँ? कसले मसित माफी माग्छ र म उसलाई क्षमा गर्न सकूँ ?"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाह प्रत्येक रात, जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, संसार नजिकको आकाशमा अवतरण गर्नुहुन्छ र आफ्ना सेवकहरूलाई प्रार्थना गर्न प्रोत्साहित गर्नुहुन्छ, किनकि उहाँले प्रार्थना गर्नेहरूको प्रार्थना स्विकार गर्नुहुन्छ । उहाँले तिनीहरूलाई माग्‍न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले माग्नेहरूको इच्छालाई पुरा गर्नुहुन्छ । उहाँले आफ्ना विश्वासी सेवकहरूलाई क्षमा माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले क्षमा दिनुहुन्छ ।

فوائد الحديث

रातको अन्तिम तिहाई भाग र यसमा प्रार्थना गर्ने, बिन्ती गर्ने र माफी माग्ने सद्गुण ।

यो हदीस सुने पछि, मानवले दुआ (प्रार्थना) स्वीकृत हुने समयको पूरा फाइदा लिन सक्दो प्रयास गर्नुपर्छ ।

التصنيفات

ताैहीद अस्मा व सिफात