إعدادات العرض
आदमको सन्तानले मलाई झुठो ठहर्याउछ, जबकि उसलाई त्यसो भन्ने अधिकार छैन । उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो…
आदमको सन्तानले मलाई झुठो ठहर्याउछ, जबकि उसलाई त्यसो भन्ने अधिकार छैन । उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो भन्ने अधिकार थिएन
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहले भन्नुभयो: आदमको सन्तानले मलाई झुठो ठहर्याउछ, जबकि उसलाई त्यसो भन्ने अधिकार छैन । उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो भन्ने अधिकार थिएन । उसले मलाई झुठो भनेको : अल्लाहले मलाई पहिलो पटक सृष्टि गरे जसतै पुनः सृष्टि गर्नुहुने छैन, जबकि दोस्रो पटक सिर्जना गर्नु पहिलो पटक सिर्जना गर्नु भन्दा सजिलो छ । उसले मलाई अपमान गर्नु : अल्लाहले एउटा छोरा जन्माएको छ भन्नु हो, जबकि म एक हुँ र निरपेक्ष हुँ, न मैले कसैबाट जन्म लिएको छु, न कोही मबाट जन्मेको छ र मेरो बराबर कोही पनि छैन ।”
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు ไทย മലയാളം Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Magyar ქართული Moore Українськаالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हदीस कुद्सीमा बयान गर्नुहुन्छ, अल्लाहले मुश्रिक (बहुदेववादी) हरू र काफिरहरूको बारेमा बताउनुभयो, उनीहरूले उहाँलाई इन्कार गर्छन्, कमि र दोषहरूले चित्रण गर्छन्, जबकि तिनीहरूले त्यसो गर्नुहुँदैन । अल्लाहलाई झुठो भनेको : अल्लाहले तिनीहरूलाई जसरी पहिलो पटक शून्यबाट सृष्टि गर्नुभयो त्यस्तै मृत्यु पछि पुनः सृष्टि गर्नुहुने छैन भनेर दाबी गर्नु हो । त्यसैले उहाँले तिनीहरूको खण्डन गर्दै जवाफ दिनुभयो : शून्यबाट सृष्टि गर्नेले पुनः सृष्टि गर्न सक्षम छ, बरु यो त झन् सजिलो छ । तर अल्लाहको लागि सृष्टि र मृत्यु पछि पुनः सृष्टि गर्नु दुवै समान हुन्, किनभने अल्लाह हरेक कुरामा सक्षम हुनुहुन्छ । अल्लाहलाई गाली गर्नुको अभिप्राय : तिनीहरूको भनाइ: उहाँको एउटा छोरा छ, त्यसैले उहाँले तिनीहरूलाई जवाफ दिनुभयो : उहाँ एक्लै हुनुहुन्छ, उहाँ आफ्नो नाम, गुण र कर्महरूमा अद्वितीय हुनुहुन्छ, उहाँ हरेक कमी र दोषबाट मुक्त हुनुहुन्छ, उहाँ निरपेक्ष हुनुहुन्छ, जसलाई कसैको आवश्यकता पर्दैन तर सबैलाई उहाँको आवश्यकता छ । उहाँ नत कसैबाट जन्मिनुभएको हो, न कोही उहाँबाट जन्मेको छ र उहाँको बराबर कोही छैन ।فوائد الحديث
अल्लाह परिपूर्ण र सर्वशक्तिमान हुनुहुन्छ ।
मृत्युपछि पुनः जीवित हुने प्रमाण ।
जसले 'बअ्स' (पुनः जीवित) हुने कुरालाई इन्कार गर्छ वा अल्लाहले छोरा जन्माएको छ भन्छ, ऊ काफिर हो ।
सर्वशक्तिमान अल्लाह जस्तो कोही छैन ।
अल्लाह एकदमै क्षमाशील हुनुहुन्छ, उहाँले काफिर (अविश्वासी) हरूलाई छुट दिनुहुन्छ, ताकि तिनीहरूले पश्चात्ताप गर्न सकून् र सही बाटोमा फर्कन सकून् ।
التصنيفات
ताैहीद अस्मा व सिफात