अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा…

अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै सोध्नुहुनेछ: “हे स्वर्गका वासीहरू हो!” उनीहरूले जवाफ दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी पूर्ण निष्ठा र तत्परताका साथ उपस्थित छौं, र हामी सदैव हजुरको असीम दयाको अपेक्षा गर्दछौं। अल्लाहले सोध्नुहुनेछ: 'के तिमीहरू सन्तुष्ट छौ?' तिनीहरूले जवाफ दिनेछन्: 'हो, हामी सन्तुष्ट छौं। जब हजुरले हामीलाई ती वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्नो सृष्टिका अन्य कसैलाई पनि दिनुभएको छैन, त हामी किन सन्तुष्ट नहुने? तब अल्लाहले भन्नुहुनेछ: 'के म तिमीहरूलाई योभन्दा पनि उत्तम कुरा प्रदान नगरूँ?' तिनीहरूले भन्नेछन्: ‘हे अल्लाह! यसभन्दा उत्तम अरू के हुन सक्छ र?’ तब अल्लाहले भन्नुहुनेछ: ‘म तिमीहरूलाई मेरो अनन्त सन्तुष्टि (प्रसन्नता) प्रदान गर्दछु, जसपश्चात् म तिमीहरूसँग कहिल्यै पनि क्रोधित हुने छैन।’

فوائد الحديث

अल्लाहले स्वर्गका मानिसहरूसँग कुराकानी गर्नुहुनेछ ।

यसमा स्वर्गवासीहरूका लागि अल्लाहको तर्फबाट शुभ समाचार दिइएको छ कि उहाँ तिनीहरूसँग सदैवका लागि प्रसन्न रहनुहुनेछ र तिनीहरूसँग कहिल्यै रिसाउनु हुनेछैन ।

स्वर्गवासीहरू आ–आफ्ना विभिन्न दर्जा र स्थानमा भए तापनि आफ्नो अवस्थाप्रति पूर्ण रूपमा सन्तुष्ट हुनेछन्। यो कुरा यस तथ्यबाट प्रस्ट हुन्छ कि उनीहरूलाई प्रश्न गरिँदा सबैले एकै स्वरमा यसरी उत्तर दिनेछन्:

“तपाईंले हामीलाई यस्ता कुराहरू प्रदान गर्नुभएको छ, जुन तपाईंले आफ्ना सम्पूर्ण सृष्टिमध्ये कसैलाई पनि प्रदान गर्नुभएको छैन।”

التصنيفات

ताैहीद अस्मा व सिफात, स्वर्ग र नर्कको वर्णन