إعدادات العرض
अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।
अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
ar bn bs en es fa fr id ru tl tr ur zh hi ku ha pt ml te sw ta my de ja ps vi as sq sv cs gu yo nl ug si prs ff hu kn ky lt or ro rw sr tg uz mos om wo so bg uk az bm ka mk el km ak am mgالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले मानिसहरुको रूप, रंग र शरीरको आकारलाई अथवा तिनीहरू सुन्दर छन् वा कुरूप छन्, स्वस्थ वा बिरामी छन् आदि भनेर हेर्नुहुन्न । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले उनीहरुको धनसम्पत्ति धेरै छ वा थोरै छ भनेर हेर्नुहुन्न ? अल्लाहले यी चीजहरू प्रदान गर्नु हुन्छ र यी चीजहरूमा तिनीहरूको अन्तरको आधारमा हिसाब लिनुहुन्न । यधपी अल्लाहले तिनीहरूको हृदयमा रहेको धार्मिकता, विश्वास, सत्यता, इमानदारीता वा कपट र प्रसिद्धि हुने मनसाय हेर्नुहुन्छ । त्यसैगरी उहाँले तिनीहरूको कार्य सही वा गलत हो भनेर हेर्नुहुन्छ र त्यसको आधारमा इनाम वा दण्ड दिनुहुन्छ ।فوائد الحديث
हृदयलाई सुधार्ने [आत्मशुद्धि] र सबै खराब गुणहरूबाट शुद्ध पार्न ध्यान दिने ।
इख्लास (ईमानदारीता) ले हृदयको सुधार हुन्छ भने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालनाले कर्मको शुद्धता हुन्छ । अल्लाहको नजरमा कर्म स्वीकार्य हुनका लागि यी दुई कुराहरू आवश्यक हुन्छन ।
मानिसले आफ्नो धन, सौन्दर्य, रुप वा यस संसारको कुनै पनि चीजबाट धोका खानु वा बहकनु हुँदैन ।
आन्तरिक सुधारको सट्टा बाहिरी कुरामा ध्यान केन्द्रित नगर्न चेतावनी ।