हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई…

हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो।

अबू हुरैराह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो: {يَا أَيُّهَا الرُّسُلُ كُلُوا مِنَ الطَّيِّبَاتِ وَاعْمَلُوا صَالِحًا، إِنِّي بِمَا تَعْمَلُونَ عَلِيمٌ} [المؤمنون: ५१] {हे रसूल ( सन्देष्टाहरू) हो, पवित्र चिजहरू खानु होस् र सत्कर्म गर्नु होस्, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१) {يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ} [البقرة: १७२] र भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाओ। [अल-बकारा: 172] त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ, र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, कसरी उसको दुआ स्वीकार गरिन सक्छ?

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबीले (सल्लल्लाहु अलैहि वसल्लम) बताउनु भयो कि अल्लाहﷻ पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, बोल वा निष्ठा पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको प्रशन्नता र नबीको(सल्लल्लाहु अलैहि वसल्लम) सुन्नत अनुसार गरिएका हुन्छन् र , अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस कि कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो, र यो वैध(हलाल)मध्ये होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खान र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: हे नबी (सन्देष्टाहरू ) हो ! हलाल ( वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् । फेरि भन्नु भयो : हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यस मध्येबाट खाओ । फेरि, नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किन कि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै: १. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदीका निमित्त लामो यात्रा गर्नु । २.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ । ३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु । ४.अल्लाहका नामहरूलाई माध्यम बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! ( मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु । स्वीकारका उपरोक्त कारणहरू पाइएता पनि मान्छेको दुआ ( प्रार्थाना) कबूल हुँदैन । किन भने उसको खाना हराम ( अवैध), उसको पिउनु हराम( अवैध) ,उसको कपडा हराम( अवैध)को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।

فوائد الحديث

अल्लाह तआला आफ्नो अस्तित्व, आफ्ना गुणहरू र आफ्ना कामहरू एवं रूपले आदेशहरूमा पूर्ण हुनु हुन्छ ।

केवल अल्लाहको प्रशन्नता र उहाँका नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनु भएको तरिका अनुसार कर्महरू गर्ने आदेश ,

यस्ता कारक तत्त्वहरू अपनाउनु जसले कर्महरू गर्नमा हौसला प्रदान गर्दछ। यसको प्रमाण नबी(सल्लल्लाहु अलैहि वसल्लम)को यो कथन हो :

"إِنَّ الله أَمَرَ المُؤمنينَ بِمَا أَمَرَ بِهِ المُرسَلِيْنَ"

अर्थात;" वास्तवमा अल्लाह तआलाले इमान वालाहरूलाई पनि त्यही कुराको आदेश दिनु भएको छ जो कुराको आदेश उहाँले रसूलहरूलाई दिनु भएको छ । " जब इमान वालालाई यो कुरा थाहा हुन्छ कि जो काम उसलाई गर्नका लागि भनिएको छ त्यही काम रसूल (सन्देष्टा) हरूलाई पनि गर्नका लागि भनिएको थियो , भने उसभित्र रसूल (सन्देष्टा) हरूको पदचिन्ह पछ्याउँदै कर्म गर्ने भावना पैदा हुन्छ ।

दुआ कबूल हुनबाट रोक्ने कुराहरूमध्ये एउटा हराम( अवैध/अपवित्र) चीज खानु हो ।

दुआ कबुल हुने पाँच चिजहरू छन् । पहिलो: लामो यात्रा गर्नु, किन कि यसमा नम्रता आउँछ जो कबूल हुने ठूलो कारण मध्ये हो । दोस्रो : व्याकुलता । तेस्रो: दुवै हातहरू आकाश तर्फ उठाउनु । चौथो : अल्लाहको पालनकर्ता हुनु हुन्छ भन्ने नामलाई बारम्बार दोह्र्याएर माग्नमा लीन हुनु । दुआ कबुल हुनका लागि यो कुरा सबै भन्दा बढी माग भएको छ । पाँचौ: पवित्र खानु र पिउनु ।

हलाल खानु भनेको सत्कर्महरू गर्नका लागि सहयोगी हुने कारक हो ।

काजी (रहिमहुल्लाह) भन्नु हुन्छ: चोखो भनेको फोहोरको विपरीत हो । जब अल्लाह तआलाले यसको खुबी बताउनु भयो भने यो खोटबाट र समस्याहरूबाट बचेको हुनु पर्छ र यदि यो खुबीलाई भक्तका साथ जोडिएको खण्डमा खराब गुण र घिनलाग्दा कामहरूबाट बचेको र त्यसको विपरीत गुणहरूको साथ सजिएको हुनु पर्छ, र यदि यसलाई धनसँग सम्बन्धित रूपमा वर्णन गरिएको छ भने यसले (हलाल) चोखो धन जनाउँछ । "

التصنيفات

ताैहीद अस्मा व सिफात, दुआ स्वीकृत हुने र नहुने कारणहरू