إعدادات العرض
इस्लाम पाँच कुराहरूमा आधारित छ
इस्लाम पाँच कुराहरूमा आधारित छ
अबु अब्दुर्रहमान अब्दुल्लाह बिन उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
[सही] [رواه البخاري ومسلم]
الترجمة
العربية Español አማርኛ English اردو Indonesia ئۇيغۇرچە বাংলা Français Türkçe Русский Bosanski සිංහල हिन्दी 中文 فارسی Tiếng Việt Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Nederlands ગુજરાતી Кыргызча Yorùbá Lietuvių دری Српски Soomaali тоҷикӣ Kinyarwanda Română Magyar Čeština Moore Malagasy Fulfulde Oromoo ಕನ್ನಡ Wolof Azərbaycan O‘zbek Українська ქართული Македонски ភាសាខ្មែរ Bambara ਪੰਜਾਬੀ मराठी Kirundi Kurmancî Bahasa Melayu Yaoالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम धर्मलाई पाँच स्तम्भहरूमा खडा भएको ठोस भवनसँग तुलना गर्नुभयो र इस्लामका बाँकी विशेषताहरूलाई यस भवनका पूरक बताउनु भयो । यी पाँच स्तम्भहरू मध्ये पहिलो स्तम्भ: शहादतान (दुबै गवाही); अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद ईश्वरका दूत हुनुहुन्छ भन्ने गवाही दिनु; यी दुबै गवाहीहरू एउटै स्तम्भ हुन्, जुन एकअर्काबाट कहिले अलग हुनसक्दैन । भक्तले अल्लाह एक हुनुहुन्छ र उहाँ मात्र उपासना योग्य हुनुहुन्छ स्वीकार गर्दै आफ्नै जिब्रोले भन्नुपर्छ र यसको आशा अभिलाषालाई पुरा गर्नुपर्छ । त्यसैगरी पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था राख्दै उहाँको अनुसरण गर्नुपर्छ । दोस्रो स्तम्भ : सलाह (नमाज) स्थापना गर्नु, दिन रातमा पाँच फर्ज नमाजहरूलाई तिनीहरूको सर्त, स्तम्भ र अनिवार्य कार्यहरूका साथ पढ्नु पर्छ । फजर, जुहर, अस्र, मगरिब र ईशा अनिवार्य सलाहहरू हुन् । तेस्रो स्तम्भ : जकात दिनु, वास्तवमा जकात एक आर्थिक उपासना हो, शरीयतले तोकेको धनसम्पत्तिमा एक निश्चित मात्रामा निकालेर हकदार मानिसहरूलाई दिइन्छ । चौथो स्तम्भ : हज गर्नु, अल्लाहको उपासनाको लागि केही विशेष कार्यहरू गर्न मक्का जाने नाम हो । पाँचौं स्तम्भ : रमजान महिनामा उपवास बस्नु । उपवास भनेको अल्लाहको उपासना गर्ने मनसायले बिहान फजर देखि सूर्यास्तसम्म उपवास तोड्ने खानेकुरा, पेय पदार्थ र अन्य चीजहरूबाट अलग रहनुको नाम हो ।فوائد الحديث
दुवै गवाही अनिवार्य रूपमा एक अर्कासँग जोडिएको छ । यदि एकलाई छोडियो भने, अर्को सही हुनेछैन । त्यसैले दुवैलाई एउटै स्तम्भ बनाइएको छ ।
यी दुवै गवाहीहरू धर्मका आधार हुन् । यो बिना, कुनै पनि शब्द र कार्य स्वीकार्य हुनेछैन ।
