إعدادات العرض
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
अबु अब्दिल्लाह नोमान बिन बशीर (रज़ियल्लाहु अन्हु) ले भन्नुहुन्छ, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें: "हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन ।तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
الترجمة
العربية Español አማርኛ English اردو Indonesia ئۇيغۇرچە বাংলা Français Türkçe Русский Bosanski සිංහල हिन्दी 中文 فارسی Tiếng Việt Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ ไทย Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Nederlands ગુજરાતી Кыргызча Yorùbá Lietuvių دری Српски Soomaali тоҷикӣ Kinyarwanda Română Magyar Čeština Moore Malagasy Fulfulde Italiano Oromoo ಕನ್ನಡ Wolof Български Azərbaycan Ελληνικά Akan O‘zbek Українська ქართული Lingala Македонски ភាសាខ្មែរ Bambara ਪੰਜਾਬੀ मराठी Kirundi Kurmancî Bahasa Melayu Yaoالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) चीजहरूको बारेमा एक सरल सिद्धान्त र नियम बताउनु भएको छ । शरियतमा तीन प्रकारका चीजहरू छन्; स्पष्ट रूपमा हलाल चीजहरू, स्पष्ट रूपमा हराम चीजहरू र संदिग्ध चीजहरू; जसको हलाल वा हराम स्पष्ट छैन र धेरै मानिसहरूलाई यसको नियम बारे थाहा छैन । यस्तो अवस्थामा जसले यी संदिग्ध र अस्पष्ट चीजहरूलाई त्याग्छ, उसको धर्म निषेधित चीजहरूमा पर्नबाट सुरक्षित हुनेछ र यस शंकास्पद कुरामा संलग्न भएको कारणले उसको इज्जत र प्रतिष्ठा पनि मानिसहरूको आलोचनाबाट सुरक्षित हुनेछ । बरु, जो यी संदिग्ध र अस्पष्ट कुराहरूबाट टाढा रहँदैन, उसले या त निषेधित कुरामा फस्न वा मानिसहरूको आलोचनाको सामना गर्न आफूलाई अगाडि बढायो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संदिग्ध कार्य गर्नेहरूको अवस्था व्याख्या गर्न एउटा उदाहरण दिनुभयो र भन्नुभयो, यस्तो व्यक्तिको उदाहरण गोठालो जस्तै हो जसले कसैको संरक्षित चरन नजिक आफ्नो गाईवस्तु चराउने गर्छ । यस्तो अवस्थामा संरक्षित चरन नजिकै चर्ने भएकाले उनको जनावर सुरक्षित चरनमा गएर चर्न थाल्ने सम्भावना छ । त्यसैगरी शंकास्पद कार्य गर्ने व्यक्ति आफ्नो कर्मको कारणले हरामको नजिक हुँदै जान्छ र उसलाई हराममा पर्ने सम्भावना हुन्छ । त्यस पछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानव शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।فوائد الحديث
यो हदीस शंकास्पद कुराहरूबाट बच्नको लागि एक आधारभूत सिद्धान्त हो।
अस्पष्ट चीज र शंकास्पद वस्तुहरू त्याग्न प्रोत्साहन ।
