إعدادات العرض
“तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्;…
“तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्; यदि तपाईं चाहनुहुन्छ भने ममाथि दया गर्नुहोस्; र यदि तपाईं चाहनुहुन्छ भने मलाई जीविका (रोजगारी) प्रदान गर्नुहोस्।’ बरु, उसले आफ्ना मागहरू पूर्ण दृढता एवं निश्चित रुपमा माग्नु पर्दछ; किनभने अल्लाहले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र उहाँलाई बाध्य पार्ने कोही छैन।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्; यदि तपाईं चाहनुहुन्छ भने ममाथि दया गर्नुहोस्; र यदि तपाईं चाहनुहुन्छ भने मलाई जीविका (रोजगारी) प्रदान गर्नुहोस्।’ बरु, उसले आफ्ना मागहरू पूर्ण दृढता एवं निश्चित रुपमा माग्नु पर्दछ; किनभने अल्लाहले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र उहाँलाई बाध्य पार्ने कोही छैन।” र मुस्लिमको अर्को वर्णनमा छ: "तर उसले (प्रार्थना गर्दा) दृढतापूर्वक माग्नुपर्छ र ठूलो इच्छा वा आशा राख्नुपर्छ, किनकि अल्लाहका लागि कुनै पनि कुरा ठूलो वा कठिन हुँदैन।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Українська ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolof Shqip Српски မြန်မာ தமிழ்الشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) गर्दा कुनै सर्त राख्न वा ‘यदि अल्लाहको इच्छा भए’ भनेर दुआ गर्न निषेध गर्नुभएको छ। किनभने यो कुरा निश्चित र प्रमाणित छ कि अल्लाहले चाहेमा मात्र क्षमा गर्नुहुन्छ। त्यसैले दुआमा ‘अल्लाहको इच्छा’ (मशियत) को सर्त राख्नुको कुनै अर्थ हुँदैन। सर्त त्यस्तो व्यक्तिका लागि राखिन्छ, जो कसैको दबाब वा बाध्यतामा परेर आफ्नो इच्छाबीना पनि काम गर्न बाध्य हुन्छ; तर अल्लाह यी सबै कुराबाट पवित्र हुनुहुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसको अन्त्यमा स्पष्ट पार्नुभएको छ कि ‘अल्लाहलाई बाध्य पार्ने कोही छैन।’ अल्लाहले कसैलाई केही दिनुभयो भने त्यो उहाँका लागि ठूलो कुरा होइन, न त उहाँ असक्षम हुनुहुन्छ, न त उहाँका लागि कुनै कुरा गाह्रो छ कि हामीले ‘यदि हजुरको इच्छा भए’ भन्नुपरोस्। दुआलाई अल्लाहको इच्छासँग जोड्नु भनेको एक प्रकारले उहाँको क्षमाप्रति बेवास्ता वा घमण्ड देखाउनुजस्तै हो। जब कसैले भन्छ, ‘यदि हजुरको इच्छा छ भने मलाई यो दिनुहोस्,’ यस्तो भाषा कि त आफूलाई त्यसको आवश्यकता नभएको बेला वा सामुन्नेको व्यक्ति असक्षम भएको बेला प्रयोग गरिन्छ। तर सर्वशक्तिमान् अल्लाहको समक्ष आफ्नो विवशता र आवश्यकताका साथ दृढ संकल्पपूर्वक प्रार्थना गर्नुपर्दछ, र आफूले मागेको कुराप्रति असहाय एवं विवश व्यक्तिले जस्तै याचना गर्नुपर्दछ तथा अल्लाहकै शरण लिनुपर्दछ; किनभने उहाँ सर्वपूर्ण, सर्वसम्पन्न र हरेक कुरामाथि पूर्ण सामर्थ्य राख्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ।فوائد الحديث
प्रार्थना गर्दा 'यदि हजुरको इच्छा भए' भनेर दुआ गर्नु निषेध छ।
यसमा अल्लाहलाई उहाँको महिमा विपरीतका कुराहरूबाट पवित्र राख्ने विषयको स्पष्टीकरण, उहाँको असीम अनुग्रह, पूर्ण सम्पन्नता, तथा उहाँको परम उदारता एवं महानताको स्पष्ट वर्णन छ।
यसमा अल्लाहको सर्वगुण सम्पन्नता र पूर्णताको प्रमाण छ।
यसबाट अल्लाहसँग भएका कुराहरूको लागि इच्छा राख्नु र उहाँप्रति राम्रो धारणा राख्नुको महत्त्व प्रस्ट हुन्छ।
कतिपय मानिसहरूले अज्ञानतावश दुआमा ‘अल्लाहको इच्छा भए’ भन्ने शर्त जोड्ने गर्छन्, जस्तै: “अल्लाहले तपाईंलाई प्रतिफल दिऊन्, यदि अल्लाहले चाहे भने” वा “अल्लाहले उहाँमाथि दया गरून्, यदि अल्लाहले चाहे भने।” हदीसअनुसार यस्तो भन्नु जायज छैन।
التصنيفات
दुआका शिष्टाचारहरू