दुआका शिष्टाचारहरू

दुआका शिष्टाचारहरू

1- जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" साथीहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।