दुआका शिष्टाचारहरू

दुआका शिष्टाचारहरू

1- जुनसुकै मुसलमानले यस्तो दुआ (प्रार्थना) गर्दछ, जसमा कुनै पाप वा नातासम्बन्ध तोड्ने कुरा हुँदैन, अल्लाहले उसलाई तीनवटा कुराहरूमध्ये एउटा अवश्य प्रदान गर्नुहुन्छ: या त उसको प्रार्थना तुरुन्तै स्वीकार गरिन्छ, या त त्यसलाई उसको लागि आखिरत (परलोक) मा सञ्चित राखिन्छ, वा त्यसै बराबरको कुनै विपत्ति उसबाट टाढा हटाइन्छ।" साहाबाहरूले भने: "त्यसोभए त हामी धेरैभन्दा धेरै प्रार्थना गर्नेछौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग त्योभन्दा पनि बढी दिने सामर्थ्य छ।

4- “तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्; यदि तपाईं चाहनुहुन्छ भने ममाथि दया गर्नुहोस्; र यदि तपाईं चाहनुहुन्छ भने मलाई जीविका (रोजगारी) प्रदान गर्नुहोस्।’ बरु, उसले आफ्ना मागहरू पूर्ण दृढता एवं निश्चित रुपमा माग्नु पर्दछ; किनभने अल्लाहले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र उहाँलाई बाध्य पार्ने कोही छैन।”