إعدادات العرض
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ…
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली फर्काउन लाज मान्नुहुन्छ।
सलमान ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली फर्काउन लाज मान्नुहुन्छ।"
[हसन] [अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Hausa Kurdî Português தமிழ் Kiswahili অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी Українська ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolof Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा हात उठाउन प्रोत्साहन गर्नुभयो। सर्वशक्तिमान अल्लाह (हय्य) धेरै लजालु हुनुहुन्छ रउहाँले दान दिन कहिल्यै छोड्नुहुन्न; उहाँले सेवकको लागि त्यही गर्नुहुन्छ जुन सेवकलाई मन पर्छ र उसलाई हानि पुर्याउने कुरा टारिदिनुहुन्छ। (करीम)अर्थात् उदार हुनुहुन्छ; अल्लाह बिना माग पनि दिनुहुन्छ, त माग्दा त झन् बढी दिनुहुन्छ! जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली, असफल वा निराश फर्काउन लाज मान्नुहुन्छ।فوائد الحديث
मानिसले जति धेरै अल्लाहतर्फ आफ्नो आवश्यकता, कमजोरी र इबादत (उपासना) देखाउँछ, त्यति नै उसको दुआ स्वीकार हुने आशा बढी हुन्छ र जवाफ पाउने सम्भावना नजिक हुन्छ।"
दुआ गर्न प्रोत्साहन गरिएको छ, दुआ गर्दा हात उठाउनु मुस्तहब मानिएको छ, र यो दुआ स्वीकार हुने कारणहरू मध्ये एक हो।
अल्लाहको उदारता र दया आफ्ना भक्तहरूमा कति विशाल छ भन्ने कुरा स्पष्ट गरिएको छ।
التصنيفات
दुआका शिष्टाचारहरू