إعدادات العرض
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले…
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले आफ्ना भक्तका हातहरू खाली फर्काउन लाज मान्नुहुन्छ।
सलमान ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले आफ्ना भक्तका हातहरू खाली फर्काउन लाज मान्नुहुन्छ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Hausa Kurdî Português தமிழ் Kiswahili অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी Українська ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolof Shqip Српски မြန်မာالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा हात उठाउन प्रोत्साहित गर्नुभयो। सर्वशक्तिमान अल्लाह (हय्य) धेरै लजालु र (करीम) अर्थात् उदार हुनुहुन्छ; उहाँले कृपा र वरदान प्रदान गर्न कहिल्यै छोड्नुहुन्न। उहाँले भक्तका लागि त्यही गर्नुहुन्छ, जसले सेवकलाई वास्तविक रूपमा खुसी पार्छ र उसलाई हानि पुऱ्याउने कुरा टारिदिनुहुन्छ। अल्लाह यति धेरै उदार हुनुहुन्छ कि नमाग्दै पनि सबैथोक दिनुहुन्छ, भनेपछि मागेपछि त पक्कै दिनुहुन्छ! जब कुनै साँचो भक्तले उहाँसँग हात फैलाएर प्रार्थना गर्छ, अल्लाहलाई ती हातहरू रित्तो, खाली र निराश बनाएर फर्काउन लाज लाग्छ।فوائد الحديث
"मानवले जति धेरै अल्लाह समक्ष आफ्नो आवश्यकता, असमर्थता (कमजोरी) र निष्कपट उपासना प्रकट गर्दछ, उति नै उसको प्रार्थना स्वीकृत हुने आशा प्रगाढ बन्दछ र ईश्वरीय कृपा प्राप्त हुने सम्भावना निकटतम हुन्छ।"
यस हदीसमा अल्लाहसँग दुआ (प्रार्थना) गर्न विशेष प्रोत्साहन गरिएको छ; दुआ गर्दा हात उठाउनु 'मुस्तहब' (उत्तम ) मानिन्छ र यो प्रार्थना स्वीकृतिका प्रमुख माध्यमहरूमध्ये एक हो।
अल्लाहको असीम उदारता र अपार करुणा आफ्ना भक्तहरूका निम्ति कति विशाल एवं अनन्त छ भन्ने कुरा यहाँ स्पष्ट पारिएको छ।
التصنيفات
दुआका शिष्टाचारहरू