إعدادات العرض
जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, भने अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा…
जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, भने अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" सहाबाहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, भने अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" सहाबाहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල Hausa Kurdî Português Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Македонски ไทย తెలుగు Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ پښتو Wolof Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जब कुनै मुस्लिमले प्रार्थना गर्छ र अल्लाहसँग त्यस्तो कुरा माग्छ जुन पाप होइन,जस्तैः प्रार्थनामा पाप सजिलो होस्, अन्याय सफल होस्, वा आफन्तसँगको सम्बन्ध टुटोस् भन्ने माग भने, अल्लाहले उसलाई तीन चीजहरू मध्ये एक निश्चित रूपमा प्रदान गर्नेछन्: या त उहाँले तुरुन्तै उसको प्रार्थना सुन्नुहुन्छ र उसले मागेको कुरा दिनुहुन्छ। अथवा अल्लाहले त्यसलाई परलोकमा उसको स्वर्गमा दर्जा (स्थान) उच्च पार्ने रूपमा त्सयलाई पुण्यको रूपमा सुरक्षित राख्नुहुन्छ— वा पापहरूको क्षमा र कृपाको स्वरूप यसलाई ढिलाइ गर्न सक्नुहुन्छ। वा अल्लाहले उसको संसारमा भएको कुनै हानि वा विपत्तिलाई त्यस दुआको बराबर टारिदिनुहुन्छ। त्यसैले सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: त्यसो भए हामीले यी मध्ये एउटा चीज प्राप्त गर्नको लागि अत्यधिक दुआ गर्छौं ? जवाफमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीले जे माग्छौ, अल्लाहसँग त्यो भन्दा धेरै र ठूला कुराहरू छन्। अल्लाहको दान कहिल्यै सकिँदैन, कहिल्यै अन्त्य हुँदैन।فوائد الحديث
दुआको शिष्टाचार र सर्तहरू पूरा भएको छ भने मुस्लिमको प्रार्थना स्वीकार गरिन्छ; अस्वीकार गरिँदैन। त्यसैले, भक्तले सकेसम्म धेरै प्रार्थना गर्नुपर्छ र उत्तर (स्वीकार)को आशामा हतार गर्नु हुँदैन।
दुआ(प्रार्थना) स्वीकार गर्नुको अर्थ लक्ष्य प्राप्ति नै हो भन्ने होइन। कहिलेकाहीँ अल्लाहले त्यस दुआको कारणले पापहरू क्षमा गर्नुहुन्छ, वा त्यसलाई परलोकमा सुरक्षित राख्नुहुन्छ।
इब्ने बाज भन्छन्: दुआमा लगातार बिन्ती गर्नु, अल्लाहसंग राम्रो आशा राख्नु र निराश नहुनु प्रार्थना स्वीकार हुने सबैभन्दा ठूला कारणहरू हुन्। त्यसकारण, प्रार्थना गर्दा, व्यक्तिले लगातार बिन्ती गर्नुपर्छ, र अल्लाह माथि राम्रो विश्वास राख्नुपर्छ र र बुझ्नुपर्छ कि उहाँ बुद्धिमान र ज्ञानी हुनुहुन्छ। कहिलेकाहीँ, केही बुद्धिमत्ताको कारण, उहाँले तुरुन्तै प्रार्थना स्वीकार गर्नुहुन्छ। कहिलेकाहीँ उहाँले बुद्धिको भावले पछि स्वीकार गर्नुहुन्छ र कहिलेकाहीँ उहाँले प्रार्थना गर्नेलाई उसले मागेको भन्दा राम्रो कुरा दिनुहुन्छ।
التصنيفات
दुआका शिष्टाचारहरू