إعدادات العرض
तिमीहरूमध्ये कोही पनि एउटा कपडामा यस अवस्थामा नमाज नपढोस् कि उसका काँधमाथि केही नहोस्।
तिमीहरूमध्ये कोही पनि एउटा कपडामा यस अवस्थामा नमाज नपढोस् कि उसका काँधमाथि केही नहोस्।
अबू हुरैरह रजियल्लाहु अन्हुले बयान गरेका छन्, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ : "तिमीहरूमध्ये कोही पनि एउटा कपडामा यस अवस्थामा नमाज नपढोस् कि उसका काँधमाथि केही नहोस्।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português Nederlands Tiếng Việt অসমীয়া ગુજરાતી Kiswahili አማርኛ پښتو සිංහල ไทย മലയാളംالشرح
नबी सल्लल्लाहु अलैहि वसल्लमले एक कपडामा प्रार्थना गर्ने व्यक्तिलाई काँध र घाँटीको बीचमा आफ्नो काँधहरू खोल्नबाट निषेध गर्नुभएको छ। किनभने काँधहरू यद्यपि लाजका स्थान नभए पनि, त्यसलाई लुकाउन सकिन्छ भने लाजको स्थानलाई लुकाउनु सजिलो हुन्छ। र यो प्रार्थनामा अल्लाहको सामु उभिनु उनको सम्मान र महानताको लागि बढी उपयुक्त छ।فوائد الحديث
, एकै कपडामा नमाज पढ्नको अनुमति छ, यदि कपडाले आवश्यक स्थानहरु छोपेको छ भने।
दुई कपडामा नमाज पढ्नको अनुमति छ, यदि एउटा कपडा माथिको शरीरलाई र अर्को कपडा तलको शरीरलाई छोप्छ भने ।
नमाज अदा गर्ने व्यक्तिले सुन्दर पहिरनमा हुनु राम्रो मानिएको छ।
यदि सम्भव छ भने, दुबै काँध वा कम्तिमा एक काँध छोप्न आवश्यक छ। तर केही विद्वान्हरूको मतमा यो आदेश वाञ्छनीयता (अनुशंसा) को लागि हो, बाध्यता होइन। र यो निषेध केवल वाञ्छनीयता (अनुशंसा) को लागि हो, अनिवार्यताका लागि होइन।
सहाबाहरू रज़ियल्लाहु अन्हुमका हातमा धनको कमी थियो, यहाँसम्म कि तिनीहरूमध्ये कतिपयसँग दुईवटा लुगा पनि थिएनन्।
इमाम नववीले हदीसको अर्थमा भनेका छन्: यसको हिकमत यो हो कि जब मानिसले केवल एकै कपडा कमरमा बेरेर नमाज पढ्छ र त्यस कपडाको कुनै भाग आफ्नो काँधमा राख्दैन, त यसको सम्भावना रहन्छ कि उसको गोप्य अंग प्रकट हुन सक्छ। तर यदि कपडाको केही भाग काँधमा राखिन्छ, त यस्तो जोखिम हुँदैन।
साथै, यस अवस्थामा मानिसले आफ्नो हातले कपडा समाउनुपर्ने आवश्यकता पर्न सक्छ, जसले गर्दा उसको नमाजका सुन्नत कार्यहरू, जस्तै दाहिने हातलाई बायाँ हातमुनि छातीको तल राख्नु, हात उठाउनु पर्ने स्थानमा हात उठाउनु, र यस्तै अरू कार्यहरू छुट्न सक्छ। यसबाहेक, यसमा शरीरको माथिल्लो भाग, जुन सौन्दर्य र सम्मानको स्थान हो, ढाक्ने अभ्यास पनि छोडिन्छ। यस सम्बन्धमा अल्लाहले भनेका छन्: "तिमीहरू आफ्नो सौन्दर्य (र सम्मान)का वस्त्र लगाऊ नमाजका समयमा)" [अल-आराफः 31]।
التصنيفات
सलाहका शर्तहरू