إعدادات العرض
कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।
कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।"
الترجمة
العربية Bosanski English Español فارسی Indonesia Русский اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული मराठी Moore ไทย Македонски తెలుగు Українська ਪੰਜਾਬੀ دری አማርኛ বাংলা Malagasy Tagalog ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Türkçe Svenska Wolof Shqip Српски မြန်မာ தமிழ்الشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्यापारिक लेनदेन गर्दा सत्य कुरामा पनि कसम खान वा अत्यधिक कसमको सहारा लिन निषेध गर्नुभएको छ। उहाँले भन्नुभएको छ कि (कसमले) सामान त द्रुत गतिमा बिकाउन मद्दत गर्दछ, तर त्यसको वास्तविक नाफा र आशिषलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ। जब व्यापारबाट बरकत हराएर जान्छ, तब व्यापारी अनेकौँ विपत्तिहरूको चक्रव्यूहमा पार्न सक्छ, जस्तै चोरी, आगलागी, बाढी-डुबान, जबर्जस्ती कब्जा, लुटपाट वा अन्य यस्ता अप्रत्याशित घटनाहरू, जसले उसको सम्पूर्ण सम्पत्ति र पूँजी क्षणभरमै सखाप पारिदिन्छन्।فوائد الحديث
अल्लाहको कसम खानु एकदमै महत्त्वपूर्ण कुरा हो। यसलाई अनावश्यक रूपमा प्रयोग गर्नु हुँदैन।
अवैध कमाई, चाहे त्यो जतिसुकै धेरै किन नहोस्, त्यसमा बरकत (आशिष) हुँदैन, र अन्ततः त्यसबाट कुनै वास्तविक भलाइ वा लाभ प्राप्त हुँदैन।
अल-कारीले भन्नुभएको छ: "कमाईबाट बरकत (आशिष्) गुम्नु भनेको कि त उसको धनमालमा कुनै नोक्सान हुनु हो, वा त्यसलाई यस्तो कुरामा खर्च गर्नु हो जसको न त वर्तमानमा कुनै फाइदा फर्किएर आउँछ न त परलोकमा कुनै पुण्य मिल्छ, वा त्यो धन उसैको साथमा रहन्छ तर ऊ त्यसको फाइदा उठाउनबाट वञ्चित हुन्छ, वा उसको मृत्युपछि यस्ता व्यक्तिहरू धनको हकदार बन्छन् जसले उसको कदर वा प्रशंसा गर्दैनन्।"
अल-नववीले भन्नुभएको छ: "यस हदीसमा व्यापार गर्दा अत्यधिक कसम खाने कुरालाई निषेध गरिएको छ। किनकि अनावश्यक कसम खानु मकरुह (अप्रिय) कार्य हो र यसमा सामानको प्रचार वा बिक्री बढाउने नियत पनि सामेल हुन्छ, जसका कारण खरिदकर्ता कसमका कारणले भ्रमित वा धोकामा पर्न सक्ने सम्भावना रहन्छ।"
धेरै कसम खानु आस्थाको कमजोरी र तौहीद (एकेश्वरवाद) मा कमीको सङ्केत हो। किनकि अत्यधिक कसम खाने बानीले दुईवटा कुरा उत्पन्न गर्छः पहिलो, कसमको सम्मान र गम्भीरता समाप्त हुँदै जान्छ र दोस्रो, यसले मानिसलाई झूट बोल्ने बानीतर्फ डोर्याउँछ; किनकि जसले बारम्बार कसम खान्छ, ऊ प्रायः झूटो बन्न पुग्छ। यसकारण, कसम खानु कम गर्नुपर्छ र त्यसमा अति गर्नु हुँदैन। यही कारणले महान् अल्लाहले भन्नुभएको छः "र आफ्ना कसमहरूको रक्षा गर।" (अल-माइदा: ८९)।
التصنيفات
कुराकानी र मौन बस्ने शिष्टाचार