إعدادات العرض
अल्लाह तआला भन्नु हुन्छ: आदमको पुत्रको हरेक काम उसका लागि हो , (रोजा) उपवास बाहेक । साँच्ची नै त्यो यो मेरो लागि हो र…
अल्लाह तआला भन्नु हुन्छ: आदमको पुत्रको हरेक काम उसका लागि हो , (रोजा) उपवास बाहेक । साँच्ची नै त्यो यो मेरो लागि हो र म यसको प्रतिफल दिनेछु
अबू हुरैरह (रजियल्लाहु अन्हु)ले बयान गर्नुभएको छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: अल्लाह तआला भन्नु हुन्छ: आदमको पुत्रको हरेक काम उसका लागि हो , (रोजा) उपवास बाहेक । साँच्ची नै त्यो यो मेरो लागि हो र म यसको प्रतिफल दिनेछु र उपवास ढाल हो र यदि यो तिमीहरू मध्ये कसैले रोजा बसेको छ भने, तब उसले नराम्रो काम नगरोस्, यदि कसैले उसलाई गाली गर्छ वा झगडा गर्छ भने, उसले भन्नु पर्छ, "म रोजा बसेको व्यक्ति हुँ " ( अल्लाह कसम) जसको हातमा मुहम्मद(सल्लल्लाहु अलैहि वसल्लम)को प्राण छ - अल्लाहका सामु रोजा बसेको मान्छेको मुखको गन्ध कस्तुरीको सुगन्ध भन्दा राम्रो हुन्छ : रोजादारका लागि दुई वटा वरदान छन् जसबाट ऊ रमाएको हुन्छ । जब उसले अफ्तार गर्छ रमाएको हुन्छ र जब ऊ आफ्नो पालनकर्तासित भेट्नेछ आफ्नो रोजाका कारण रमाएको हुन्छ ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Kiswahili Português සිංහල Русский Nederlands Tiếng Việt አማርኛ অসমীয়া Oromoo پښتو ગુજરાતી Hausa ไทย Română മലയാളം Malagasy Deutsch Кыргызча తెలుగు ქართულიالشرح
नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनु भयो कि अल्लाहﷻ हदीसे कुदसीमा भन्नु हुन्छ : आदमको पुत्रको हरेक काममा दस गुणा देखि सात सय गुणा सम्म पुण्य लेखिन्छ , रोजा बाहेक । यो मेरो लागि हो , जसमा देखावट हुन सक्दैन । म त्यसको बदला दिने छु र त्यसको सवाब ( बदला) र पुण्य कति होला भन्ने कुरा मलाई नै थाहा हुन्छ । फेरि भन्नु भयो ; ( रोजा ( उपवास) ढाल हो । ) र आगोबाट बच्नका लागि एवं आड र बलियो किल्ला हो । किन भने यसका कारण कामोक्षाबाट रोकिनु पर्ने र पापमा पर्नबाट बचिने हुन्छ र आगो ( नरक) मनलागी कुराले घेरिएको छ । सो जब तिमीहरूमध्ये कसैको रोजा बसेको दिन छ भने उसले फोहोर कुरा बोल्नु हुन्न; र न त विवादमा होहल्ला गर्नसक्छ, न चर्को स्वरमा कराउन हुन्छ। (यदि रमजानमा कसैले उसलाई गाली गर्यो वा लड्न लाग्यो ) भने यसो भन्नु: म ब्रत बसेको छु । (यसकारण)ऊ उसबाट रोकिन सक्छ। यदि साँच्चिकै ऊ झगडा नगरि नछाड्ने जस्तो लाग्यो भने थोरै भन्दा थोरै बल लगाएर त्यहाँबाट निस्किनुपर्छ । फेरि अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले कसम खानु भयो र किरिया हाल्नु भयो (अल्लाहको) त्यो अस्तित्वको जसको हातमा उहाँको प्राण छ - कि रोजा(व्रत)का कारण रोजादारको मुखको बदलिएको गन्द कयामतका दिन तिमीहरूलाई कस्तूरीको वास्ना भन्दा उत्तम होला र जिक्रको मज्लिस र सभामा सिफारिस गरिएको कस्तुरीको सुगन्ध भन्दा बढी सवाब वाला होला । र रोजादारका लागि दुईवटा खुसी मिल्नेछन् जसले ऊ रमाएको हुनेछ। पहिलो - इफ्तारको समयमा , कि उसका लागि इफ्तार हलाल गरियो जसले उसको तिर्खा र भोक मेटियो । रोजा पुरा भएकोले र उसको उपासना सकिएको र उसका पालनकर्ताले सजिलो बनाइदिनु भएकोले र आगामी रोजा राख्नका लागि मद्द्त गर्नु भएकोले खुसी हुन्छ । (र दोस्रो - जब आफ्नो रब ( पालनकर्ता) सित भेट हुनेछ,) रोजाको बदला र सवाब ( प्रतिफल ) देखेर खुसी हुनेछ ।فوائد الحديث
रोजाको सदगुण भनेको यसलोकमा रोजादारलाई कामवासनाबाट रोक्छ भने परलोकमा नरकबाट जोगाउने छ ।
रोजाको नियम मध्ये अश्लील र व्यर्थ कुरा छोड्नु र मान्छेहरूले सताएमा धैर्य गर्नु र सहेर अनुग्रहद्वारा उनीहरूको सामना गर्नु हो ।
रोजादार वा उपासक यदि आफ्नो उपासना पुरा भएको र सकिएकोमा खुसी भयो भने यसका कारण परलोकमा उसको सवाब( प्रतिफल) कमी हुँदैन ।
पुरा खुशी भनेको अल्लाह ﷻसित भेट हो जब धैर्य गर्ने वाला र रोजादार( व्रत बस्ने वाला)हरूलाई नगनिकन उन्को प्रर्तिफल दिइने छ ।
मान्छेहरूले आवश्यकता र बताउन पर्ने अवस्थामा - अनुपालनको खबर दिनु (इन्नी साइमुन) का अनुसार देखावट र आडम्बर होइन ।
पुरा रोजादार( उपवास वाला) त्यो हो जसका अङ्गहरू पापहरूबाट रोजा राखेका( बचेका) हुन्छन् र मुख अश्लील बोल्नबाट र झुट बोल्नबाट र पेट खान पिउनबाट रोजा राखेको हुन्छ ।
रोजा राखेको बेलामा चिल्लाउन र झगडा गर्नबाट रोकिने महत्व,जब कि रोजा नभएको बेलामा पनि यो कुराबाट रोकिएको छ ।
यो हदीस जसलाई नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले आफ्नो पालनकर्तासित वर्णन गरेर भन्नु भएको छ यसलाई " हदीसे कुद्सी वा हदीसे इलाही" भनिन्छ । यो भनेको यसका शब्द र अर्थ दुवै अल्लाहको तर्फबाट हो । तर यसमा तिन विशेषताहरू समावेश छैनन् जसले क़ुरआनलाई अरू सबैभन्दा विशिष्ट बनाएको छ, जस्तै: यसको पाठ (तिलावत) द्वारा उपासनाको विशेषता, पवित्रताको आवश्यकता, चुनौती प्रस्तुत गर्न सक्ने योग्यता, र यसको अलौकिक चमत्कार (इ'जाज), साथै अन्य विशिष्टताहरू।
التصنيفات
व्रतको पुण्य