إعدادات العرض
सूर्योदय हुने सबै दिन भन्दा राम्रो दिन जुमाको दिन हो
सूर्योदय हुने सबै दिन भन्दा राम्रो दिन जुमाको दिन हो
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सूर्योदय हुने सबै दिन भन्दा राम्रो दिन जुमाको दिन हो, त्यही दिन आदमलाई सृष्टि गरियो, त्यही दिन उनलाई स्वर्गमा प्रवेश गराइयो, त्यही दिन उनलाई त्यहाँबाट निकालियो र शुक्रबारको दिन नै प्रलय आउनेछ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල دری অসমীয়া Tiếng Việt Svenska Yorùbá Кыргызча ગુજરાતી Română മലയാളം Oromoo తెలుగు پښتو Soomaali Kinyarwanda ಕನ್ನಡ Српски Moore ქართული Čeština Magyar Українська Македонски Lietuvių Azərbaycan Wolof አማርኛ Nederlands Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा राम्रो दिन जसमा सूर्य उदाउँछ शुक्रबार हो भन्नुभएको छ । यसका केही विशेषताहरू: अल्लाहले आदम (अलैहिस्सलाम) लाई त्यही दिन सृष्टि गर्नुभयो, त्यही दिन उनलाई स्वर्गमा प्रवेश गर्नुभयो, त्यही दिन उनलाई त्यहाँबाट निकालेर पृथ्वीमा ल्याउनुभयो र प्रलय शुक्रबार बाहेक अन्य दिनमा आउने छैन ।فوائد الحديث
हप्ताका अन्य दिनहरूमा जुमा (शुक्रबार) को सद्गुण ।
जुमा (शुक्रबार) को दिन अत्याधिक नेक काम गर्न प्रोत्साहन, अल्लाहको कृपा प्राप्त गर्न र उहाँको क्रोधबाट बच्न तयार रहनुहोस् ।
हदीसमा उल्लेखित जुमा (शुक्रबार) का विशेषताहरूबारे केही धारणाहरू : यो जुमाको विशेषता होइनन्; किनकि आदमलाई त्यहाँबाट निकालिनु र प्रलय आउनु कुनै विशेषता होइन । अर्को भनाइँ : यी सबै विशेषताहरू हुन् । आदमलाई त्यहाँबाट निकालिनु भनेको सन्तान, सन्देशवाहकहरू र नबीहरूको अस्तित्वको कारण हो । त्यसैगरी प्रलय आउनुमा धर्मीहरूको इनाम र अल्लाहले उनीहरूको सम्मानको लागि तयार गर्नुभएको कुरा प्राप्त गर्नको लागि हतार गर्नु हो ।
जुमा (शुक्रबार) का अन्य विशेषताहरू अर्को हदीसमा उल्लेख गरिएको छ, जस्तै: त्यही दिन आदमको पश्चात्ताप स्वीकार गरियो, त्यही दिन उनको निधन भयो र जुमाको दिन एउटा यस्तो समय छ जसमा कुनै पनि मुमिन भक्तले अल्लाहसँग केही माग्छ भने उहाँले दिनुहुन्छ ।
वर्षको सबैभन्दा उत्कृष्ट दिन अराफातको दिन हो । केही धर्मविदले 'कुर्बानी' (बलिदान) को दिन भनेका छन् । हप्ताको सबैभन्दा उत्कृष्ट दिन शुक्रबारको दिन हो र सबैभन्दा उत्कृष्ट रात लैलतुल-कदर हो ।