إعدادات العرض
तिमीहरूका सबै सपनाहरू अन्तिम सात रातमा मिलिरहेका छन्। त्यसैले जसले यसलाई (कदरको रात) खोज्छ, उसले यसलाई अन्तिम सात…
तिमीहरूका सबै सपनाहरू अन्तिम सात रातमा मिलिरहेका छन्। त्यसैले जसले यसलाई (कदरको रात) खोज्छ, उसले यसलाई अन्तिम सात रातहरूमा खोजोस्।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, कदरको रात (रमजानको) अन्तिम सात दिनमा हो भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरूले सपनामा देखे। यसपछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूका सबै सपनाहरू अन्तिम सात रातमा मिलिरहेका छन्। त्यसैले जसले यसलाई (कदरको रात) खोज्छ, उसले यसलाई अन्तिम सात रातहरूमा खोजोस्।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Português Kurdî සිංහල Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Hausa Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Македонски ไทย Українська తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ پښتو Wolof Shqipالشرح
कदरको रात (रमजानको) अन्तिम सात रातमा हो भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरूले सपनामा देखे। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: म देख्छु, तिमीहरूका सबै सपनाहरू अन्तिम सात रातमा मिलिरहेका छन्। त्यसकारण, जसको यो रात खोज्ने मनसाय र पाउने इच्छा छ, उसले सकेसम्म धेरै पुण्यकर्महरू गरेर यसलाई खोज्ने प्रयास गर्नुपर्छ। किनभने यो अन्तिम सात दिन भित्र हुने सम्भावना बढी हुन्छ। यदि रमजानको महिना तीस दिनको हो भने चौबीसौं रात देखि अन्तिम सात रातहरू सुरु हुन्छन् र यदि उनान्तीस दिनको हो भने तेईसौं रातमा।فوائد الحديث
यसमा शब-ए-कद्रको पुण्य र यसलाई खोज्ने प्रेरणा छ।
अल्लाहको हिकमत (बुद्धि) र रहमत (दयालुता) यही हो कि उहाँले यो रातलाई लुकाउनुभयो, ताकि मानिसहरूले यसको खोजीमा लगनशीलतापूर्वक उहाँको उपासना बढी गर्न सकून्, र यस कारण उनीहरूको पुण्य धेरै हुन्छ।
कदरको रात सामान्यतया रमजानको अन्तिम दश रातहरू मध्ये एकमा पर्छ। तर अन्तिम सातौं रातमा पर्ने सम्भावना धेरै हुन्छ।
रमजानको अन्तिम दश रातहरू मध्ये एक कदरको रात हो। यो त्यो रात हो जुन दिन अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुरआन अवतरित गर्नुभयो र अल्लाहले यो रातलाई हजार महिनाभन्दा पनि उत्तम बनाइदिनुभएको छ—यसको बरकत, यसको महान स्थान, र यसमा गरिएका सत्कर्महरूको प्रभावका कारण।
शरफ (सम्मान) को अर्थमा: यस रातलाई लैलतुल-कद्र भनिन्छ या त यसको सद्गुण र सम्मानको कारणले। अरबीमा भनिएको छ: फलानु अज़ीमुल कद्र-"फलाना ठूलो सम्मान र हैसियत भएको व्यक्ति हो।" त्यसैले यो रातलाई ‘महान रात’ भनिएको हो, जसमा बरकत, सम्मान, र उच्च स्थान छ। अल्लाहले भन्नुभएको छ : "हामीले यसलाई एक बरकतयुक्त रातमा अवतरण गर्यौं ।" [सूरह अद-दुखान४४: ३] अर्थात्, हामीले यसलाई एउटा पवित्र रातमा अवतरण गर्यौं।
ताक्दिर (निर्णय) को अर्थमा: यो रातमा वर्षभरि हुने घटनाहरूको निर्णय गरिन्छ। त्यसैले यसलाई ‘निर्णयको रात’ भनिएको हो। अल्लाहले भन्नुभएको छ: "यस ( रात ) मा प्रत्येक तत्वदर्शितायुक्त मामलाको निर्णय गरिन्छ ।" [सूरह अद-दुखान: ४]
التصنيفات
रमजानको अन्तिम दश दिन