إعدادات العرض
अल्लाहले त्यो व्यक्तिलाई (दयालु दृष्टिले) हेर्नुहुनेछैन जसले अहंकार र घमण्डले आफ्नो लुगा भुइँमा घिसार्दै…
अल्लाहले त्यो व्यक्तिलाई (दयालु दृष्टिले) हेर्नुहुनेछैन जसले अहंकार र घमण्डले आफ्नो लुगा भुइँमा घिसार्दै हिँड्छ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले त्यो व्यक्तिलाई (दयालु दृष्टिले) हेर्नुहुनेछैन जसले अहंकार र घमण्डले आफ्नो लुगा भुइँमा घिसार्दै हिँड्छ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Indonesia Русский Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska ไทย Македонски తెలుగు Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ বাংলা Malagasy Tagalog ភាសាខ្មែរ پښتو Wolof Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अहंकारले गर्दा आफ्नो लुगा वा इजार (तल्लो लुगा) गोलीगाँठो मुनि झुण्ड्याउन विरुद्ध चेतावनी दिनुभयो र भन्नुभयो, जसले यस्तो गर्छ, ऊ अल्लाहको कठोर चेतावनीको हकदार हुन्छ कि अल्लाहले उसलाई कियामतको दिन दयालु दृष्टिले हेर्नुहुन्न।فوائد الحديث
हदीसमा उल्लेख गरिएको "सौब" शब्दले शरीरको तल्लो भागमा लगाइने सबै लुगाहरू समावेश गर्दछ, जस्तै पाइजामा, पेन्ट सुरुवाल र धोति, लुंगी आदि।
गोलीगाँठो मुनि आफ्नो लुगा झुण्ड्याउन पुरुषहरूको लागि मात्र निषेध गरिएको हो। अल-नववीले भने: महिलाहरूलाई आफ्नो लुगा झुण्ड्याउन अनुमति दिइएको कुरामा विद्वानहरूको सर्वसम्मति रहेको छ । साथै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई आफ्नो लुगा एक हात तल झुण्ड्याउन अनुमति दिनुभएको छ।
इब्न बाजले भने: "सामान्य हदीसहरूको आधारमा आफ्नो लुगा तल झुन्ड्याउने कार्य निषेधित र हराम छ। सजायको सन्दर्भमा, यो फरक-फरक हुन्छ, किनकि घमण्डको उद्देश्यले कपडा झार्ने व्यक्ति र बिना घमण्ड झार्ने व्यक्ति एउटै हुँदैनन्।
इब्न बाजले भन्नुभयो: महिला सम्पूर्ण रूपमा ‘औरा’ (ढाक्नुपर्ने शरीर) भएकी भएकाले उसले आफ्नो कपडा एक ‘शिब्र’ (एक हातको चौडाइ) तल झार्नमा कुनै आपत्ति छैन। यदि त्यो पर्याप्त भएन भने, उसले गोलीगाँठोबाट सुरु गरेर एक ‘जिराअ’ (करिब एक हातको लम्बाइ)सम्म तल झार्न सक्छिन्।
काजीले भने: विद्वानहरूले भनेका छन् — सामान्यतया, कपडामा आवश्यकताभन्दा बढी वा प्रचलित परम्पराभन्दा बढी लम्बाइ वा चौडाइ हुनु नापसन्द (मकरूह) मानिन्छ। अल्लाहलाई नै राम्रो थाहा छ।
अल-नववीले भने: कमिज र तल्लो लुगाको लम्बाइको मात्रा आधा पिँडुलासम्म हुनुपर्छ। गोलीगाँठोसम्म छ भने कुनै हानि छैन। तर त्यसभन्दा तल झुण्डिएको छ भने त्यो आगोमा हुन्छ। त्यसैले आधा पिँडुलासम्म मुस्तहब हो र गोलीगाँठोसम्म जायज हो ।तर गोलीगाँठो मुनि निषेध गरिएको छ।
इब्ने उसैमीनले भने: "अल्लाहले उसलाई हेर्नुहुन्न" को अर्थ : दया र करुणाको नजरले हेर्नुहुन्न हो, यसको अर्थ सामान्य दृष्टि होइन, किनकि अल्लाहबाट केही पनि लुक्दैन र उहाँको दृष्टिबाट केही पनि टाढा हुँदैन। तर यसको अर्थ दया र करुणाको नजर हो।
التصنيفات
पोशाक लगाउने शिष्टाचार