दुई वटा नेमत (अनुग्रह) छन् जसमा धेरै मानिसहरू धोका खान्छन्: स्वास्थ्य र खाली समय।

दुई वटा नेमत (अनुग्रह) छन् जसमा धेरै मानिसहरू धोका खान्छन्: स्वास्थ्य र खाली समय।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : दुई वटा नेमत (अनुग्रह) छन् जसमा धेरै मानिसहरू धोका खान्छन्: स्वास्थ्य र खाली समय।

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसमाथि अल्लाहबाट प्राप्त दुई महान अनुग्रहहरूको बारेमा जानकारी गराउनुभयो, जुन धेरै मानिसहरूले गलत ठाउँमा प्रयोग गरेर गुमाउँछन्; यदि कुनै व्यक्तिसँग फुर्सदको समयसँगै स्वास्थ्यको आशीर्वाद छ र ऊ आज्ञाकारितामा सुस्ती गर्छ भने ऊ घाटा व्यहोर्ने व्यक्ति हो र धेरैजसो मानिसहरूको यही अवस्था छ। यदि उसले आफ्नो खाली समय र स्वास्थ्यलाई अल्लाहको आज्ञाकारितामा प्रयोग गर्छ भने, ऊ लाभमा हुन्छ, किनकि यो संसार परलोकको खेती हो र यो त्यो व्यापार हो जसको नाफा परलोकमा देखा पर्छ। खाली समय पछि व्यस्तता आउँछ, स्वास्थ्य पछि रोग लाग्छ र यदि रोग नभए पनि बुढ्यौली त अवश्य आउँछ।

فوائد الحديث

जिम्मेवार व्यक्तिलाई व्यापारीसँग, स्वास्थ्य र खाली समयलाई पूँजीसँग तुलना गरिएको छ; जसले आफ्नो पूँजीको उत्तम प्रयोग गर्छ उसले लाभ र नाफा पाउनेछ र जसले यसलाई खेर फाल्छ घाटा बेहोर्छ र पछुताउनेछ।

इब्न अल-खाजिनले भने: नेमत भनेको मानिसले आनन्द लिने र रमाइलो गर्ने कुरा हो। र ‘घाटा’ भनेको कुनै वस्तु धेरै महँगोमा किन्नु वा सस्तोमा बेच्नु हो। त्यसैले जसको शरीर स्वस्थ छ र काँधामा व्यस्तताहरूको बोझ नहोस्। तर उसले आफ्नो मृत्युपछिको जीवनको सुधारको लागि प्रयास गर्दैन, भने व्यापारमा घाटा बेहोरेझैँ हुन्छ।

यसमा स्वास्थ्य र खाली समयलाई खेर जानु भन्दा पहिला अल्लाहको निकटता प्राप्त गर्न र असल कामहरूमा सदुपयोग गर्न प्रोत्साहन छ।

अल्लाहको वरदानलाई उहाँको आज्ञाकारितामा प्रयोग गरेर धन्यवाद दिन सकिन्छ।

काजी र अबु बक्र इब्न अल-अरबीले भने: अल्लाहले भक्तलाई दिनुभएको पहिलो अनुग्रह के हो भन्नेमा मतभेद छ। कसैले भने — ईमान, कसैले भने — जीवन, कसैले भने — स्वास्थ्य। तर पहिलो मत ईमान नै बढी उपयुक्त छ, किनकि त्यो पूर्ण र निरपेक्ष अनुग्रह (निमत) हो। जीवन र स्वास्थ्य त दुनियावी अनुग्रह हुन्, र ईमानसँग जोडिएपछि मात्र त्यो वास्तवमै साँचो अनुग्रह (निमत) हुन्छ। धेरै मानिसहरू यसमा घाटा बेहोर्छन्, अर्थात् उनीहरूको नाफा हराउँछ वा घट्दछ। अतः जो आफ्नो खराब प्रवृत्तिलाई पछ्याउँदै आराममा मात्र रमाउँछ र अल्लाहका हदहरू पालन नगरी इबादतमा निरन्तरता राख्दैन, ऊ घाटामा पर्छ। त्यस्तै, यदि मानिस खाली छ भने उसलाई कुनै बहाना छैन; व्यस्त मानिसलाई त बहाना हुन सक्छ, तर खाली मानिसलाई बहाना छैन, उसमाथि प्रमाण स्थापित हुन्छ।

التصنيفات

आत्म-शुद्धि