चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा…

चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने ब्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने ब्याज हो

मालिक बिन ‌औस बिन हदषानद्वारा वर्णन छ : भन्छन् : म "कसले दिनारसित बदलेर दिर्हम दिन्छ भन्दै आएँ ?" हजरत तब तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले, जो उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) को सामु थिए भने: "आफ्नो सुन देखाउनु होस्, फेरि पछि आउनु होला । जब हाम्रो दास आउँछ, हामी तपाईंलाई तपाईंको चाँदी दिन्छौं।" तब हजरत उमर बिन खत्ताब (रजियल्लाहु अन्हु)ले भन्नु भयो: "कदापि हुँदैन, अल्लाहको कसम ! तपाईंले उसलाई चाँदी दिनुस् , वा तपाईंले उसलाई उनको सुन फिर्ता गर्नुस्, किन भने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:" "चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने ब्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने ब्याज हो "

[सही] [मुत्तफकुन अलैहि]

الشرح

ताबअी मालिक बिन औस भन्छन् कि उनीसँग सुनका सिक्काहरू (दीनार) थिए, र उनी तिनीलाई चाँदीका (सिक्का) दिरहममा साट्न चाह्नथे । त्यसमा उनीसित तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु)ले भन्नु भयो : "हामीलाई तिम्रा दिनारहरू देखाऊ, हेर्छौं ! " त्यस पछि उनले लिने दिने निर्णय गरे पछि भने: "जब हाम्रो दास आउँछ, तब हामी तपाईंलाई चाँदीका दिरहमहरू दिनेछौं।" उमर बिन खत्ताब (रजियल्लाहु अन्हु)त्यहाँ उपस्थित हुनुहुन्थ्यो । उहाँले यस्तो किसिमको किनबेचलाई गलत बताउनु भयो र हजरत तल्हा (रजियल्लाहु अन्हु)लाई कसम खाएर भन्नु भयो कि या त उनले चाँदी अहिल्यै दिऊन् वा लिएको सुन फिर्ता गरून् । उहाँले यसको कारण यो बताउनु भयो कि अल्लाहका नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनु भएको छ कि सुनको बदलामा चाँदी वा चाँदीलाई सुनसित साँट्नु छ भने लेनदेन हाताहती हुनु पर्छ । नत्र यो ब्याज मानिन्छ र बेच्नु हराम हुन्छ । तसर्थ सुनलाई चाँदीको बदलामा र चाँदीलाई सुनसित साँट्दा त्यहीबेला उचित हुन्छ जब लेनदेन हाताहाती हुन्छ र दुवै जनाले लिन पाउँछन् । यसरी नै गहुँलाई गहुँको बदलामा , जौलाई जौको बदलामा र खजुरलाई खजुरको बदलामा बेच्न त्यही अवस्थामा जायज हुन्छ जब तौल र नाप बराबर हुन्छ र दुवै जनाले उक्त बैठकमा (माल) कब्जा जमाएका हुन्छन् । यी कुराहरूमा एकातिर नगद र अर्को तिर उधारो राख्न मिल्दैन र (माल ) हात नपरुन्जेल छुट्टिन पनि मिल्दैन ।

فوائد الحديث

यस हदीसमा पाँच प्रकारको वर्णन भएको छ: सुन, चाँदी, गहुँ, जौ र खजूर । यदि किनबेचमा एकै प्रकारका बस्तु छन् भने सही हुनका लागि दुई शर्तहरू अनिवार्य छन् । एक त कुरा भएको ठाउँमा नै दुवै जनाले सामान हातमा पाऊन् र अर्को दुवैतिर वजन बराबर हुनु पर्छ । यदि यस्तो भएन भने यसका थप भएर ब्याजको रूप आउन सक्छ । यदि किनबेचको प्रजाती फरक फरक भए किनमेल सही हुनका निमित्त एउटा शर्त मात्र हुनेछ, कि एकै उक्त बैठकमा नै मालमा कब्जा भएको होस् । यदि यो शर्त पूरा भएन भने "रिबा नसियह" हुन जान्छ ।

कुरा भएको बैठक भनेको किनबेचको स्थान हो । यसले कुनै फरक पर्दैन कि दुवै बसेका छन् वा हिँडि रहेका छन् । यसरी नै छुट्टिनु भनेको जसलाई सबैले अलग हुन् भनेका छन।

यो मनाहीमा हरेक प्रकारको सुनको मनाही समावेश हुन्छ चाहे खारेको सुन होस् वा नखारेको । यसरी नै हरेक प्रकारको चाँदी पनि, चाहे गालेको होस् वा नगालेको ।

आजभोलिका करनसी (मुद्रा)लाई परस्पर साँट्दाखेरि यो कुराको ख्याल राख्नु पर्ने हुन्छ जो चाँदीलाई सुनका साथमा बदलिँदा राख्नु पर्ने हुन्छ । अर्थात्: दुवै तर्फका मानिसहरूले आपसको राजीखुसीमा कमीबेसी भए फरक पर्दैन । तर किनबेचको मज्लिसमा दुवै तर्फ कब्जा हुनु जरुरी हुन्छ । यदि यस्तो भएन भने ब्याज हुन्छ र किनबेच निष्क्रिय हुन्छ ।

ब्याजसँग सम्बन्धित कारोबार जायज छैन, र यस्तो सम्झौता अवैध ठहरिन्छ, चाहे दुवै पक्षले सहमति नै किन नजनाऊन्। यसको कारण यो हो कि इस्लाम व्यक्तिको र समाजको हकलाई सुरक्षित राख्छ, चाहे उक्त व्यक्ति आफैंले आफ्नो हक त्याग्न तयार भए पनि।

गलत काम भएको देखे मनाही गर्नु पर्छ र सके त रोक्नु नै पर्छ ।

गलत काम भएकोमा मनाही गर्ने बेलामा प्रमाण पनि प्रस्तुत गर्नु पर्छ । हजरत उमरले (रजियल्लाहु अन्हु) यही गरेर देखाउनु भयो ।

التصنيفات

ब्याज