जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको…

जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको अन्तिम दश आयातहरू।

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको अन्तिम दश आयातहरू।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले सूरा अल-कहफका पहिलो दस श्लोकहरू कण्ठ गर्छ, ऊ दज्जालको सङ्कटबाट सुरक्षित रहनेछ।" दज्जाल अन्तिम समयमा देखा पर्नेछ र आफूलाई ईश्वर भएको दाबी गर्नेछ। उसको सङ्कट आदमको सृष्टिदेखि कियामत (न्यायको दिन) सम्म पृथ्वीमा हुने सबैभन्दा ठूलो सङ्कट हुनेछ, किनकि अल्लाहले उसलाई केही असाधारण कुराहरू देखाउने शक्ति दिनुहुनेछ, जसद्वारा ऊ मानिसहरूलाई भ्रममा पार्नेछ। यी श्लोकहरूमा केही आश्चर्यकर्महरू र असामान्य कुराहरू उल्लेख गरिएका छन्, जुन दज्जालले देखाउने आश्चर्यपूर्ण कुराहरूभन्दा महान् छन्। त्यसकारण, जो कोहीले पनि ती श्लोकहरूमाथि मनन गर्छ, ऊ दज्जालको प्रलोभनको शिकार हुनेछैन। अर्को हदीसमा छ: ती आयतहरू सूरा कहफको अन्त्यमा रहेका दस आयतहरू हुन्, जुन आयत {أفحسب الذين كفروا أن يتخذوا…} बाट सुरु हुन्छ।

فوائد الحديث

यसमा सूरह अल-कहफको विशेषता स्पष्ट पारिएको छ, र यसका सुरुका वा अन्तिमका श्लोकहरूले दज्जालको विकृति (फित्ना) बाट सुरक्षित राख्दछन् भन्ने कुरा उल्लेख गरिएको छ।

यस हदीसमा दज्जालको विषय बारे जानकारी दिइएको छ, र त्यसको उपद्रव (फित्ना) बाट बच्ने उपायहरू स्पष्ट पारिएको छ।

यसमा पूर्ण सुरह अल-कहफ कण्ठ (हिफ्ज) गर्न प्रोत्साहित गरिएको छ; र यदि कोही त्यसो गर्न असमर्थ हुन्छ भने, उसले यसका सुरुका १० र अन्तिमका १० आयातहरू कण्ठ गर्नुपर्दछ।

अल-कुर्तुबीले यसको कारणबारे भन्नुभएको छ: "यसो भनिनुको कारण यो हुन सक्छ कि 'अस्हाबुल कहफ' (गुफाका साथीहरू) को घटनामा धेरै आश्चर्यजनक कुराहरू र (ईश्वरीय) निशानीहरू छन्; तसर्थ, जसले यसलाई बुझ्दछ, उसलाई दज्जालको मामिला अनौठो लाग्दैन र ऊ त्यसबाट त्रसित नभई उसको उपद्रव (फित्ना) बाट सुरक्षित रहन्छ। अर्को भनाइ अनुसार यसको सम्बन्ध महान अल्लाहको यो वाणीसँग छ, जसमा अल्लाहले भन्नुभएको छ: {ताकि उहाँले आफ्नो तर्फबाट हुने कडा यातनाबाट सावधान गरून्}; यहाँ सजायलाई 'कडा' र 'ईश्वरीय' (लदुन्नी) भनी विशेष रूपमा उल्लेख गरिएको छ। यो कुरा दज्जालको त्यस परिस्थितिसँग मेल खान्छ, जसमा उसले ईश्वर भएको दाबी गर्नेछ, प्रभुत्व जमाउनेछ र ठूलो उपद्रव मच्चाउनेछ। यसैकारण नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दज्जालको मामिलालाई गम्भीर बताउनुभयो, त्यसप्रति सचेत गराउनुभयो र उसको उपद्रवबाट सुरक्षित रहन अल्लाहको शरण माग्नुभयो। तसर्थ, यस हदीसको अर्थ यो हुन्छ: जसले यी आयातहरू पाठ गर्दछ, यसमाथि चिन्तन-मनन गर्दछ र यसको अर्थ बुझ्दछ, ऊ दज्जालप्रति सतर्क रहन्छ र फलस्वरूप उसको दुष्प्रभावबाट सुरक्षित हुन्छ।"

التصنيفات

सूरह र आयातहरुको सद्गुण, कयामतका निशानीहरू