निश्चय नै आदमका सन्तानहरूका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा…

निश्चय नै आदमका सन्तानहरूका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी र जता चाहनुहुन्छ, त्यतै मोडिदिनुहुन्छ।

अब्दुल्लाह बिन अम्र बिन अल-आस (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयोः मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ: "निश्चय नै आदमका सन्तानहरूका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी र जता चाहनुहुन्छ, त्यतै मोडिदिनुहुन्छ।" त्यसपछि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रार्थना गर्नुभयो: "अल्लाहुम्म मुसर्रिफल-कुलुब, सर्रिफ कुलुबना अला ताअतिका" (अर्थात् "हे हृदयहरूलाई मोड्ने अल्लाह! हाम्रा हृदयहरूलाई आफ्नो आज्ञाकारिता (उपासना) तर्फ मोडिदिनुहोस्।")

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि आदमका सन्तानका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी चाहनुहुन्छ, त्यसरी नै मोड्नुहुन्छ। यदि उहाँले चाहनुभयो भने त्यसलाई सत्यमा अडिग राख्नुहुन्छ र यदि उहाँले चाहनुभएन भने हृदय सत्य मार्गबाट विचलित हुन जान्छ। सबै हृदयहरूमाथि उहाँको नियन्त्रण ठीक त्यस्तै छ, जस्तो कुनै एक हृदयमाथि हुन्छ; उहाँ महान् हुनुहुन्छ र उहाँलाई एकै समयमा एउटा कार्यले अर्को कार्य गर्नबाट बाधा पुर्‍याउँदैन। त्यसपछि पैगम्बर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रार्थना गर्दै भन्नुभयो: "हे अल्लाह! हे हृदयहरूलाई कहिले आज्ञाकारितातर्फ, कहिले पापतर्फ, कहिले जिक्रतर्फ र कहिले बेपर्बाहीतर्फ मोड्ने प्रभु! हाम्रा हृदयहरूलाई आफ्नो आज्ञापालनतर्फ मोडाइदिनुहोस्।"

فوائد الحديث

यसमा भाग्य (अल-कदर) को प्रमाण छ, र यो पनि कि अल्लाहले मानिसहरूको हृदयलाई उही नियति तर्फ निर्देशित गर्नुहुन्छ जुन उनीहरूका लागि निर्धारित गरिएको छ।

मुसलमानले निरन्तर आफ्नो पालनकर्तासँग सत्य र मार्गदर्शनमा दृढ रहन प्रार्थना गर्नुपर्छ।

प्रत्येक मुसलमानले केवल अल्लाहको मात्र भय राख्नुपर्दछ र उहाँसँगै आफ्नो आध्यात्मिक सम्बन्ध गाँस्नुपर्दछ, जसको कोही पनि साझेदार छैन।

इमाम आजुर्री भन्नुहुन्छ: "सत्यवान् मानिसहरूले अल्लाहका गुण र विशेषताहरू ठीक त्यसरी नै वर्णन गर्छन् जसरी अल्लाह स्वयंले आफ्नो बारेमा बताउनुभएको छ, उहाँका सन्देशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ र उहाँका सहाबाहरूले वर्णन गरेका छन्। यो ती धार्मिक विद्वानहरूको बाटो हो जसले स्थापित (कुरआन र सुन्नतको) मार्गको पालना गरे र धर्ममा आफ्नो तर्फबाट नयाँ कुराहरू थपेनन्।" (उहाँको भनाइ समाप्त भयो)। यसैकारण अहलुस सुन्नाहले अल्लाहका ती सबै नाम र गुणहरूलाई स्वीकार गर्छन्, जुन अल्लाहले आफ्नो लागि निर्दिष्ट गर्नुभएको छ। उनीहरू ती नाम र गुणहरूको अर्थमा कुनै तोडमरोड गर्दैनन्, तिनको अर्थलाई नकार्दैनन्, तिनको स्वरूप वा अवस्था के-कस्तो होला भनी कल्पना वा बहस गर्दैनन् र ती नाम र गुणहरूलाई कुनै सृष्टिसँग तुलना वा समानता पनि गर्दैनन्। जुन कुरालाई अल्लाहले आफ्नो लागि होइन भन्नुभएको छ, उनीहरू पनि त्यसलाई मान्दैनन् र जसको बारेमा (कुरआन र सुन्नतमा) केही भनिएको छैन, त्यसमा उनीहरू मौन बस्छन्। महान् अल्लाह भन्नुहुन्छ: "उहाँ (अल्लाह) को समान कोही र केही पनि छैन र उहाँ नै सबै कुरा सुन्ने र देख्ने हुनुहुन्छ।"

التصنيفات

प्रमाणित दुआहरू