जोसँग कुर्बानी (बलिदान) को लागि जनावर छ भने उसले धुल-हिज्जाको चन्द्र देखे पछि बलिदान गर्नु अघि आफ्नो कपाल वा नङ…

जोसँग कुर्बानी (बलिदान) को लागि जनावर छ भने उसले धुल-हिज्जाको चन्द्र देखे पछि बलिदान गर्नु अघि आफ्नो कपाल वा नङ काट्नु हुँदैन।

मुस्लिमहरूकी आमा, पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी उम्म सलमा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जोसँग कुर्बानी (बलिदान) को लागि जनावर छ भने उसले धुल-हिज्जाको चन्द्र देखे पछि बलिदान गर्नु अघि आफ्नो कपाल वा नङ काट्नु हुँदैन।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभयो, जो कोहीले पनि जनावरको बलिदान गर्ने इच्छा राख्छ, उसले धूल-हिज्जाको चन्द्रमा देखेपछि बलिदान नदिईकन आफ्नो टाउको, काखीको रौं, जुँगा वा नङ काट्नु हुँदैन।

فوائد الحديث

जसले धुल-हिज्जाको दश दिन प्रवेश गरेपछि कुर्बानी गर्ने इरादा राख्छ, उसले नियत गरेको समयदेखि कुर्बानी नगरेसम्म माथि उल्लेखित कुराहरूबाट टाढा रहनुपर्छ।

यदि कसैले पहिलो दिनमा बलिदान गर्दैन भने, उसले तशरिकको दिनसम्म माथि उल्लिखित कुराहरूबाट टाढा रहनुपर्छ, जुन दिन उसले बलिदान गर्छ।

التصنيفات

कुर्बानी