إعدادات العرض
जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक…
जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो र ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० पुरा गर्छ भने उसका सम्पूर्ण पापहरू क्षमा हुनेछन्, चाहे त्यो समुद्रको फिज (फेन) बराबर भए पनि ।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो र ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० पुरा गर्छ भने उसका सम्पूर्ण पापहरू क्षमा हुनेछन्, चाहे त्यो समुद्रको फिज (फेन) बराबर भए पनि ।”
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Tagalog Hausa Kurdî Português دری অসমীয়া Tiếng Việt Svenska Yorùbá Кыргызча Kiswahili ગુજરાતી Română മലയാളം Nederlands සිංහල తెలుగు پښتو Soomaali Kinyarwanda ಕನ್ನಡ Српски Moore ქართული Čeština Magyar Українська Македонски Lietuvių Azərbaycan Wolof አማርኛ Malagasy বাংলাالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, जसले प्रत्येक अनिवार्य नमाजपछि: ‘सुब्हानअल्लाह’ ३३ पटक, यसमा अल्लाह हरेक कमजोरीबाट पवित्र हुनुहुन्छ भन्ने कुराको घोषणा गरिएको हो । ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक, यसमा अल्लाहलाई प्रेमका साथ उहाँका सिद्ध गुणहरूद्वारा प्रशंसा गरिएको हो । ‘अल्लाहु-अक्बर’ ३३ पटक, अर्थात अल्लाह सबै भन्दा महान र ठूलो हुनुहुन्छ । त्यसपछि 'ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० पुरा हुन्छ । यसको अर्थ : अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैनन्, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन । सारा जगतका मालिक उहाँ नै हुनुहुन्छ । प्रेम र आदरका साथ सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् र उहाँ सबै कुरा गर्न सक्षम हुनुहुन्छ । जसले यसो भन्छ, उसका पापहरू मेटाइनेछन् र पखालिनेछन्, चाहे त्यो समुद्रमा जोश आउदा माथि उठ्ने सेतो फेँज जस्तै धेरै भए पनि ।فوائد الحديث
फर्ज प्रार्थनापछि यो जिक्र पढ्नु मुस्तहब हो ।
यो जिक्रले पाप क्षमा हुन्छ ।
सर्वशक्तिमान अल्लाह को अनुग्रह, दया र क्षमा महान छ ।
यो जिक्रले पाप क्षमा हुन्छ भन्ने कुराको अर्थ हो: यो साना पापहरूको प्रायश्चित हो, तर ठूला पापहरूको लागि तौबा (पश्चात्ताप) अनिवार्य हो ।
التصنيفات
सलाहमा पढिने दुआहरू