नबी (सलल्लाहु अलैहि वसल्लम)ले चार रकआत (सुन्नत) जुहरको नमाजअघि र दुई रकआत (सुन्नत) फज्रको नमाजअघि कहिल्यै…

नबी (सलल्लाहु अलैहि वसल्लम)ले चार रकआत (सुन्नत) जुहरको नमाजअघि र दुई रकआत (सुन्नत) फज्रको नमाजअघि कहिल्यै छोड्नुहुन्नथ्यो।

उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छिन्, नबी (सलल्लाहु अलैहि वसल्लम)ले चार रकआत (सुन्नत) जुहरको नमाजअघि र दुई रकआत (सुन्नत) फज्रको नमाजअघि कहिल्यै छोड्नुहुन्नथ्यो।

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

आइशा (रजिअल्लाहु अन्हा)ले जानकारी दिनुभएको छ कि नबी (सलल्लाहु अलैहि वसल्लम) आफ्ना घरमा सुन्नत नमाजहरू नियमित रूपमा अदा गर्नुहुन्थ्यो र कहिल्यै छोड्नुहुन्नथ्यो। विशेषगरी, उहाँले जुहरको नमाजअघि दुई सलामको साथ चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत) अदा गर्नुहुन्थ्यो।

فوائد الحديث

जुहरको नमाजअघि चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत)लाई नियमित रूपमा अदा गर्ने कुरालाई राम्रो मानिएको छ।

सुन्नत र नफ्ल नमाजहरूलाई घरमा अदा गर्नु उत्तम मानिन्छ। यही कारणले आइशा (रजिअल्लाहु अन्हा)ले नबी (सलल्लाहु अलैहि वसल्लम)का घरमा अदा गरिने सुन्नत नमाजहरूको जानकारी दिनुभएको छ।

التصنيفات

सुन्नत मुअक्कदह